घरजग्गा धितो राखेर विदेश आएका श्रमिक कसरी स्वदेश फर्किन्छन सरकार?

आफ्नो घर जग्गा धितो राखेर वैदेशिक रोजगारीमा आएका नेपालीहरुको धितो राखेको जग्गा उकास्नै बाकी थियो , अब के ? धितो राखेर त्यत्रो महँगो टिकट काटेर कसरी नेपाली श्रमिकहरु स्वदेश फर्किन्छ्न सरकार ? उद्दारको नाममा श्रमिक ठग्नेे कार्य कहिले बन्द हुन्छ सरकार ?

विगत चार महिना बाट कोरोना भाइरस कोभिड-१९ को कारण उत्पन्न विकराल परिस्थितीले रोजगारीको शिलसिलामा रहेका लाखौं नेपालीहरु अलपत्र परेका छन कतिपय रोजगारीको करार अवधि सकिएर घर फर्किन अन्तिम तयारीमा थिए कतिपय आएको दुइ तिन महीना मै रोजगारी गुमाएर अलपत्र थिए कतिपय त जनवरीमा मात्रै रोजगारीको लागि अएका थिए उनीहरुको अवस्था झनै कहालीलाग्दो छ घर जग्गा धितो राखेर लाखौं रुपैयाँ बुझाएर पैसा कमाउने र आफ्ना परिवार सन्तानको भविस्य उज्ज्वल बनाउने सपनाहरू बुनेर बिदेश आएका उनीहरुको अवस्था अहिले भनेर साध्य नै छैन उनिहरुको पिडा र अवस्थालाइ हेरेर नरुने सायदै को होलान तर विडम्बना हाम्रो सरकार निद्रामा छ ।

रेमिटान्स पठाउन्जेल हाम्रो प्रवास बाट प्राप्त रेमिटान्स ले देश चलेको छ भनेर तिन फिट माथी उफृदै भासण गर्ने हरु यतिबेला कुन दुलोमा छन हेर्न मन छ श्रमिकका लागी आवाज उठाउछौ भन्ने विभिन्न संगठन हरु यतिबेला के गर्दै छन जान्न मन छ सरकार सिन्डिकेट प्रणाली लागुगरेर केहि एयरलाइन्स मार्फत ब्रमलूट मच्चाउदै उद्धारको अफवाह फैलाउन मै व्यस्त छ श्रमिक नागरिकको लागी हामी बोल्छौ भन्ने प्रतिपक्षी लगाएतका राजनीतिक दल हरु कानमा तेल लाएर मस्त सुतिरहेका छन तिनका प्रवासमा रहेका भातृसंगठन झन क्वारेन्टाइनमा होइन आओलेसन मै छन ।

आखिर अलपत्र कामदार बारे साच्चिकै जिम्मेवार को रहेछ नागरिक प्रतिको राज्यले अभिभावकको भुमिका कति पुरा गर्यो त ? गम्भीरतापूर्वक समिक्षा बेला भएन ? विदेश आउनु अगाडी विभिन्न बहानामा जम्मा गरिएको वैदेशिक रोजगार कल्याणकारीकोष किन र के का लागी? अलपत्र नागरिक बारे सामान्य चिन्ता न्युनतम कर्तव्यबोध नगर्ने सरकार किन र के का लागी ? के सरकार भनेको लूटतन्त्र मच्चाउनको लागी मात्रै होत ? खाडी मुलुक लगाएत विभिन्न देशमा नागरिक अलपत्र र भोकभोकै छन बनेर जान्दाजान्दै ५ सय डलर को टिकट काटेर आउन भन्न अलिकति पनि सरम लागेन हाम्रो सरकार लाइ ?

जबकी उ संग ५०० डलर पैसा छ भने उ अलपत्र र नाजुक होइन जो नाजुक र वास्तविक अलपत्र छन उनिहरु खाना त मागेर खादैछन भनेर उनिहरु यति महंगो टिकट काटेर कसरी स्वदेश फर्किन सक्छन के यहि हो राज्यले नागरिक गर्नुपर्ने अभिभावकको भुमिका ? घर जग्गा धितो राखेर विदेश आएकाहरु यतिबेला त्यो धितो राखेको जग्गा उक्कास्न बाकी नै छ सरकार अब उनिहरु के धितो राखेर टिकट काटेर स्वदेश फर्किने जवाफ कस्ले दिने ?

[ लेखक : समर्पण भट्टराई मजदुरका लागी मजदुर अभियान " नेपाली मजदुर एकता समाज" का एक अभियान्ता हुनुहुन्छ । हाल मलेेसिया ]