आरएन चौधरी थारु,,
क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा बिगत ५ महिनादेखि एक अस्पतालमा उपचाररत नेपाली श्रमिक अन्ततः स्वदेश आफ्नो घर फर्किन सफल भएकाछ्न।
नवलपरासी जिल्ला सरावल गाउँपालिका ३ पटनी निवासी ४३ बर्षिय बैजनाथ चौधरी बिगत ६ बर्ष देखि रोजगारीको निम्ति मलेसियामा कार्यरत रहेका थिए । आफू कामगर्ने कम्पनीमा उचित पारीश्रमिक नपाएपछि केही बर्षदेखी अबैधानिक ( इलिगल ) रुपमा काम गर्दै आईरहेका थिए ।
तर आज भन्दा ५ महिना अगाडी उच्च रक्तचापको कारण ड्युटी गर्दागर्दै बेहोस भैई कार्यस्थलमै लडेका थिए। बिगत ५ महिनादेखि क्वालालम्पुरमै अवस्थित युनिभर्सिटी मलाया नामक अस्पतालमा उपचाररत रहेका उनलाई बिगत लामो समयदेखी मलेसियामै रहेर समाजसेवा गर्दै आईरहेका प्रवासी थारु सेवा समाज मलेसियाको कोषाध्यक्ष लगायत विभिन्न गैरसरकारी संघसंस्थामा आबद्ध समाजसेवी युवा रमेश कुमार पजियार थारुको विशेष सहयोगमा उक्त अस्पतालमा भर्ना गरिएको थियो।

बैजनाथ चौधरीको उपचारमा संङ्लग्न डाक्टरले बताए अनुसार चौधरीको अत्याधिक उच्चरक्तचापको कारण टाउको भित्र दिमागमा रगत जमेको थियो , अन्य विभिन्न समस्याहरु देखिएको तर उपचार पश्चात् स्वास्थ्यमा सुधार भैइसकेको भएपनि अत्याधिक उच्च रक्तचापको कारण शरीरको दाहिने साइड तिरको भाग प्यारालाईसिस ( पक्षघात ) भएको बताउनुभयो।
बैजनाथको उपचारको क्रममा अस्पतालबाट दिइएको बिलमा अहिलेसम्म मलेसियन रिंगेट आरएम ( RM ) ३५ हजार र बाँकी खर्च कपडा , आवश्यक सामाग्री र फार्मेसीबाट औषधि खरिद , बैजनाथ अबैधानिक हैसियतमा रहेकोले आवश्यक कानुनी कागजात बनाउन र स्वदेश फर्काउन टिकट देखि लिएर आवश्यक सम्पुर्ण प्रक्रिया पूरा गर्ने क्रममा लगभग आरएम (RM) १५ हजार रिंगेट , अन्य औषधि खरिद गर्न लागेको हजारौं हजार रिंगेट अर्थात समग्र भन्नुपर्दा मलेसियन रिंगेट आरएम (RM) ५० हजार भन्दा बढी / नेपाली करिब रु. २२,२३ लाख भन्दा बढी खर्च भएको समाजसेवी रमेश कुमार पजियार थारुले हिसाबकिताब सहितको खर्च बिवरण मलाया खबरलाई देखाउदै भन्नुभयो। ।

थारुले मलाया खबरसंगको कुराकानीको क्रममा भन्नुभयो अहिलेसम्म खर्च भएको ५० हजार रिंगेट रकम मध्य २० हजार रिंगेट तिरिसकेको र अझै मोटामोटी ५०,५५ हजार रिंगेट / नेपाली रुपैयाँ रु. १५ लाख सम्म रकम तिर्न बाकी रहेको हुनसक्ने बताउनुभयो।
पीडित बैजनाथ चौधरीको घरमा उनको भाई पनि सोही अवस्थामा रहेको जानकारी गराउनुभयो।
आर्थिक अवस्था कमजोर रहेकोले अलिअलि गरेर भएपनि सहयोग संकलन गर्न पाए पीडितलाई केहिहदसम्म राहत मिल्ने थियो , कृपया सहयोगी मन भएकोहरुले आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गर्दछु,पजियारले भने।
पीडित बैजनाथ चौधरीको उपचारको लागी मलेसियाको स्थानीय नागरिक एडरिन पेरेरा लगायत यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले , समाजसेवी ब्यक्तिहरुले सकेको आर्थिक,भौतिक सहयोग गरेका थिए।
हिजो शनिबार चार्टर्ड विमान मार्फत घर फर्किने क्रममा मलेसिया स्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलमा मलाया खबर सितको कुराकानीको क्रममा पीडित बैजनाथले आफुलाई मलेसियामा मृत्युको मुखबाट जोगाउन सहयोग गर्नुहुने रमेश कुमार थारु , एडरिन पेरेरा , नेपाली संघसंस्था लगायत सम्पुर्ण सहयोगीदाताहरूलाई विशेष धन्यवाद दिए।






















