आरएन चौधरी थारु,,
क्वालालम्पुर ( मलेसिया ):= काेराेना भाइरसको माहामारी पछि लकडाउन खुकुल्लो भए पश्चात् मलेसियाबाट हुने गरेको चार्टर्ड उडानमार्फत तेस्रोपटक नेपालीहरु स्वदेश फर्किएका छन।
आज आइतबार हिमालयन एयरलाइन्सको चार्टर्ड विमानबाट १५८ जना नेपालीहरु स्वदेश फर्केन लागेको जनाएकाछ्न।
आज फर्कने नेपालीहरुको साथमा सम्पुर्ण आवश्यक कागजातहरु रहेकोले एयरपोर्टबाट अरुदिन जस्तो आज कोहिपनि फिर्ता हुन नपरेको हिमालयन एयरलाइन्स स्रोतले बताउनुभयो।

त्यस्तै हिजो शनिबार भएको दोस्रो दिनको नेपाल एयरलाइन्सको चार्टर उडानबाट २४३ जना नेपालीहरु स्वदेश फर्केका हुन । शनिबार तय भएको नेपाल एयरलाइन्सको चार्टर उडानको लागि २५५ जनाले टिकट बुकिङ गरेकोमा २४३ जना मात्रै स्वदेश फर्कन सफल भएको मलेसिया स्थित नेपाली दुतावास स्राेतले बताउनुभयो।
स्रोतका अनुसार ९ जना नेपालीको अध्यागमन बिभागले तोकेको आवश्यक कागजात मध्यको चेकआउट मेमो नपुगेपछि एयरपोर्टमानै रोकिएका थिए भने बाँकी ३ जना भने एयरपोर्टमा नपुगेको बताएको छ ।
यसअघि जुन १८ तारिखमा हिमालय एयरलाइन्सबाट नेपाल फर्कन लागेका १५२ जनामध्ये ११७ जना मात्रै नेपाल फर्कन सफल भएका थिए भने बाँकीको साथमा चेकआउट मेमो नभएकै समस्याले स्वदेश फर्कन पाएनन्।
मलेसियामाबाट पहिलो प्राथमिकतामा परेका करिब ७ हजारबढि नेपाली स्वदेश फर्किने तयारीमा रहेका छन।
अहिलेकै अवस्थामा नेपाल फर्कने नेपालीहरुको साथमा आफ्नो सक्कली पासपोर्ट , हवाई टिकट , कोरोना पिसिआर टेस्ट गरेको रिपोर्ट , अध्यागमन बिभाग ( इमिग्रेसन ) को चेकआउट मेमो अथवा कम्पनीको आधिकारिक पत्र अनिवार्य साथमा हुनुपर्ने दूतावासले बताएकाछ्न।




















