दोहा ( कतार ):= नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट कतारबाट आज १४९ जना नेपाली स्वदेश फर्कदैछन्। कोरोना भाइरसको कारण जारी लकडाउनले कैयौं महिनादेखि स्वदेश फर्किन नपाएका तत्काल नेपाल फर्कनै पर्ने अवस्थामा रहेका १४९ जना नेपाली नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप स्वदेश फर्कन लागेको नेपाली दूतावास कतारले जनाएको छ।

दोहाबाट काठमाडौंका लागि नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स RA २३९२ को उडानबाट उनीहरु स्वदेश आउन लागेको दूतावासले जनाएका छ्न।
जसमा २९ जना सुत्केरी/गर्भवती सहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुषहरु रहेका छन्।
फर्कनेहरु सबैले चार्टर्ड विमानको हवाई टिकट लगायत अन्य खर्च आफैंले ब्यहोरेर र कोहिकोहि आबद्ध कम्पनीको सहयोगमा स्वदेश फर्कन लागेका हुन। उनीहरुलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत र दूतावासका अन्य कर्मचारीहरूले बिदाई गरेका थिए।






















