आरएन चौधरी थारु,,
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाबाट नेपाल सरकारको पहिलो चार्टर्ड उडान मार्फत आज बिहिवार १८ तारिखको दिन नेपालीहरु स्वदेश फर्किदैछ्न।
नेपाली दूतावासले सार्वजनिक गरेको प्राथमिकतामा परेका करिब १ सय ५२ जना नेपालीहरु आज १८ तारिख हिमालयन एयरलाइन्सको चार्टर्ड फ्लाइट मार्फत स्वदेश फर्किन लागेको दूतावास स्रोतले बताए।
सक्कल राहदानी , अध्यागमन बिभागको पत्र , कोरोना भाइरस चेकजाँच गरेको नेगेटिभ पिसिआर रिपोर्ट र टिकट हातमा लिएर स्वदेश फर्कन चाहने नेपालीहरु यतिखेर मलेसिया स्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईए,एक ( KLIA1 ) एयरपोर्टमा उडानको पर्खाइमा बसिरहेको एयरपोर्टबाट मलाया खबर सहकर्मीले जानकारी गराए।

हिमालयन एयरलाइन्सबाट दिउँसो ०३:२५ बजेको फ्लाइट मार्फत स्वदेश फर्किन लागेको बिगत २ बर्षदेखि मलेसियाको एक म्यानुफ्याक्चरिङ् कम्पनीमा कार्यरत महोत्तरी जिल्ला निवासी सोनु साहले बताउनुभयो।
साहले मलाया खबरसंग बोल्दै भने,” हामी एउटै कम्पनीको ४२ जना आज स्वदेश फर्किन लागेकाछौँ , सबैलाई कम्पनीलेनै १ हजार ६ सयको दरले टिकट काट्देको छ्न। कोरोना भाइरसको पिसिआर टेस्ट पनि कम्पनीकै खर्चमा गरिएकोले हामी कामदारहरुले एक पैसा पनि खर्च गर्नु परेन , त्यसैले असाध्यै खुसि छु आफ्नो मातृभुमी नेपाल जान पाईरहेकोमा उनले भने”।
यता आजकै फ्लाइट मार्फतनै मलेसिया बाट स्वदेश फर्किन लागेका अर्का नेपाली सल्यान जिल्ला घर भएका निर्मल बुढा मगर बिगत ३ बर्षदेखि मलेसियामा कार्यरत रहेको बताए।
मगरले बोल्दै भने,”आफू कार्यरत कम्पनीले तत्काल चार्टर्ड उडानमार्फत स्वदेश फर्किने टिकटको मुल्य धेरै महँगो रहेको भन्दै स्वदेश फर्काउन आनाकानी गरिरहेको कुरा सुनाए।


त्यसैले म कम्पनीको आसमा नबसि आफ्नै खर्चमा १ हजार ६ सय रिंगेटमा चार्टर्ड उडानको टिकट किनेर , पिसिआर टेस्ट गराएर स्वदेश फर्किन लागेको बताए। उनले थप बोल्दै भने,” स्वदेश फर्किन पाउँदा निकै खुसी पनि छु तर दु:ख पनि लागिरहेको छ , नेपाल सरकारले कोरोनाको माहामारीकै बेला श्रमिकसंग उद्दारको नाममा ब्यापार गरिरहेको देख्दा।
स्वदेश फर्किन लागेका नेपालीहरु मलेसियाबाट दिउँसो ०३:२५ बजेको चार्टर्ड उडान मार्फत ०५:४५ बजे सम्म नेपाल पुग्ने बताइएको छ। पछिल्लो समयमा टिकटको मुल्य घटेसंगै स्वदेश फर्कने अधिकाँसलाई रोजगारदाता कम्पनीलेनै टिकट खरिद गरेर स्वदेश फर्कन सहयोग गरिरहेको जानकारी प्राप्त भएको छ।
यसअघि मलेसियाबाट स्वदेश फर्कन टिकटको मुल्य २ हजार २ सय २० मलेसियन रिंगेट महँगो भाडादर तोकिएको थियो, लगतै भाडादरको विरुद्ध चौतर्फी बिरोध भएपछि मुल्य घटाएर अहिले १ हजार ६ सय रिंगेट कायम गरिएको छ।




















