व्यावसायि नरेन्द्र भाट द्वारा सुदूरपश्चिमेली आपतकालीन राहतकोष लाई आर्थिक सहयोग ।

तिलोचन गौतम
क्वालालम्पुर

बिगत दुई दसक देखि दोहा कतारमा व्यावसाय गर्दै आएका व्यावसायि नरेन्द्र भाट ले सुदूरपश्चिमेली नेपाली समाज लाई एक लाख दस हजार रुपैया आर्थिक सहयोग गरेका छ्न।

डडेलधुरा अजयमेरु गाउँपालिका, चिपुर ४ का व्यावसायि नरेन्द्र विश्वभरी छरिएर रहेका सम्पूर्ण सुदूरपश्चिमेली नेपालि हरुलाइ आईपर्ने विभिन्न समस्या समाधान तथा कोरोना बाट प्रभावित हुने विभिन्न स्वास्थ्य समस्या तथा नियन्त्रण-रोकथाम का लागि स्थापित सुदूरपश्चिमेली आपतकालीन राहतकोष का लागि आर्थिक सहयोग गरेका हुन।

सुदूरपश्चिमेली नेपाली समाज ले ल्याएको यो अबधारणा सम्मान जनक रहेको बताउदै उहाले भोलिका दिनमा पनि सुदूरपश्चिमेली हरुका समस्या लाई आफुले आफ्नो तर्फाट गर्नसक्ने सहयो सधैं रहने बताउनु भयो ।