काठमाडौं । लकडाउन खुकुलो भएसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी मूल्य तोकेको छ । लकडाउन लागू भएपछि चैत ११ गतेदेखि सुनको मूल्य तोकिएको थिएन ।
लकडाउनपछि पहिलोपटक जेठ २५ गते अर्थात आइतबार महासंघले सुनको मूल्य तोकेको हो । महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । करिब साढे २ महिनापछि प्रतितोला १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो । चैत १० गते सुन प्रतितोला ७७ हजार रुपैयाँ थियो ।
लकडाउन अवधिमा पनि अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेकोले नेपाली बजार पनि प्रभावित भएको महासंघले जनाएको छ ।



















