आजदेखि सबै मालपोत कार्यालय खुल्ने

काठमाडौं । आइतबारदेखि सबै मालपोत कार्यालय खुल्ने भएका छन् । विश्वव्यापीरूपमा फैलिएपछि सरकारले गरेको लकडाउनका कारण विगत चैत ११ गतेदेखि बन्द मालपोत कार्यालय प्रमुखको उपस्थितिमा आइतबारदेखि खुल्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । अभिलेख विभागले सूचना जारी गर्दै काठमाडौंलगायत देशभरका मालपोत कार्यालय खोल्न निर्देश दिएको छ ।

सूचनामा सेवाग्राहीबाट न्यूनतम तथा आवश्यक सेवा सुचारु गर्न माग भएकोले आइतबार अर्थात जेठ २५ गतेदेखि कार्यालय प्रमुखले अनिवार्यरुपमा उपस्थित भइ अन्य आवश्यक कर्मचारीलाई पनि उपस्थित गराइ स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ कार्यालयका आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सूचारु गर्न भनिएको छ ।