काठमाडौं := केहिदिनदेखी नेपालमा संसद भित्र सांसद गंगा चौधरीले उठाएको राष्ट्रियताको सवाल , ईन्डियाले खोसेको नेपालको लिपुलेख,कालापानी,लिम्पियाधुरा लगायतको भु-भाग र नेपालको संसद बैठकमा प्रयोग गरिने हिन्दी भाषाको बिषयमा बोलेर एकाएक चर्चामा आएकी छिन्।
सांसद चौधरीको विरुद्धमा संसदमा नेपाली भाषा नबोलेर ईन्डियाको राष्ट्रिय भाषा हिन्दीमै बोल्दै सरिता गिरीले अभिव्यक्ति दिदै भनिन् “”सांसदबाट आफ्ना विरुद्ध सदनमा अभिव्यक्त भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ,” उनले भनिन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर उनले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको भन्दै रेकर्डबाट हटाउन माग गरेकी हुन् । उनले मन्तव्यमा प्रयोग गरिएको शब्दहरुले संसदको सार्वभौम सत्तामाथि आक्रमण गरेको दाबी गर्दै सो मन्तव्य संसदीय रेकर्डबाट हटाउन पनि सभामुखको ध्यानाकर्षण गराइन् । उनले सो अभिव्यक्तिलाई आधारमानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराइन् । उनले नाम उल्लेख नगरिकन सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई “घृणाको मन्तव्य” को संज्ञा दिइन् ।
उनले भनिन्, ‘जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिएँ । मेरो अनुपस्थितिमा संसदका एक माननीयजी ले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ । अंग्रेजीमा यसलाई हेटस्पीच भनिन्छ । किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो । मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आर्कमण गर्न सक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको कुरा जुन भन्नुभयो, म त्यस्तो भाषा प्रयोग गर्दिन । म प्रेमपूर्ण ढंगल आफ्नो भनाइ राख्छु । म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारवाहीका लागि पर्याप्त हुन्छ । त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु ।’
उनले चाँदीको चम्चामा कसैले सभासद् पद नदिएको भन्दै सबैले आ आफ्नो पदीय मर्यादामा रहेर अरुसंग पनि मर्यादित व्यवहार गर्नुपर्ने बताइन् ।

यता सांसद अमृता देवी अग्रहरीले पनि ईन्डियाको राष्ट्रिय भाषा हिन्दीमा बोल्दै सांसद गिरीको पक्षमा मन्तव्य दिदै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने तर्क गरिन् । उनले भनिन्, ‘१९ गतेको बैठकमा माननीय गंगा चौधरीले प्रयोग गर्नुभएको शब्द प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ । म स्पष्ट रुपमा भन्नु चाहन्छु माननीय गगां चौधरीले माफि माग्नुपर्छ ।’
सदनमा सांसदको रुपमा उपस्थित भएका सबैले निश्चित प्रक्रिया पुरा गरेर आएको भन्दै उनले सबैको सम्मान गर्ने गरि मन्तव्य दिन पनि आग्रह गरिन् । उनले हिन्दी भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाइन् । सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादा विपरित नाम नै किटान गरेर अभिव्यक्ति दिइएको भन्दै आपत्ति जनाएका थिए ।
नेपालको संसदभित्र बैठकमा नेपाली भाषामा नबोलेर बारम्बार हिन्दी भाषा प्रयोग गर्दै आईरहेको सांसद सरिता गिरीको बारेमा अहिले सामाजिक संजाल फेसबुकमा नेपाली जनताहरुले तीब्र आलोचना गरिरहेको छ्न । कतिपय नेपालीले त सरिता गिरीलाई देश निकाला गर्नुपर्छ , ईन्डियाको दलाल लाई फिर्ता पठाउनु पर्छ लगायतको अभिव्यक्ति दिदै आलोचना गरिरहेको पाइएको छ।



















