तिलोचन गौतम
क्वालालम्पुर मलेसिया
वैदेशिक रोजगारीको सबभन्दा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको मुलुक मलेशियामा नेपाली श्रमिकहरुको स्थिति दिन प्रति दिन दयनिय बन्दै गएको छ। अहिलेसम्म मलेसियाका विभिन्न हस्पिटलहरुमा १५० जना श्रमिकहरु बिमारी छन । काम गर्ने श्रमिकहरुको दैनिक जसो १०० देखी १५० जनाको हाराहारीमा करार अबधि सकिदै गएको छ। ४० जना नेपाली कामदार विभिन्न कारणले मृत्यु हुन पुगेको छ। ठुलो सङ्ख्या मा विभिन्न कारणले जेल सजाय पाइ सजाय भुक्तान गरिसकेका बन्दीहरु छ्न। बन्द कहिले खुल्ला र सहज परिस्थितिमा स्वदेश फर्कन पाइन्छ भनेर बसेका बिद्यार्थी , पर्यटन व्यावसायि, सरकारी काम काजमा मलेसिया आएका कर्मचारी अशक्त महिला दिन प्रतिदिन समस्या झेलेर बसिरहेका र झन झन श्रमिकका समस्या बिकराल बन्दै गएका छ्न।
सरोकार वाला निकायले उचित निकास समयमै खोज्न नसक्दा श्रमिकहरु समस्या झेल्न बाध्य भएको गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराईले जनाउनु भयो । मलेसियामा समस्या रहेका कामदार फर्काउन सरकारले तत्काल उचित कदम चाले हामी सरकारलाई हर तबरले सघाउ पुर्याउन तत्पर रहेको समेत भट्टराईले जानकारी दिनुभयो ।
मलेसियामा कोभिड 19 का कारण अहिलेसम्म गैरआवासीय नेपाली संघ मलेसियाले रोजगारी गुमाएर समस्या परेका बैधानिक तथा अबैधानिक नेपालीहरुको स्वास्थ उपचार तथा खाद्यान्न समस्यामा परेका नेपाली हरुलाइ सहयोग पुर्याउदै आएको छ।




















