आरएन चौधरी थारु,,
क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको पेटालिङजायामा अवस्थित प्रहरी चौकीमा हिरासतमा रहेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।
स्थानीय अनलाइन पत्रीका फ्रि-मलेसिया टुडेले समाचारमा उल्लेख गरे अनुसार बर्ष ३७ को नाम धन बहादुर बताइएको नेपालीलाई प्रहरिले मेय महिनाको २६ तारिखमा भिसा चेकजाँच गर्दा अबैधानिक रहेको भनी पक्राउ गरेर पेटालिङजायामा रहेको जिनजाङ प्रहरि चाैकिमा जुन १० सम्मकाे लागि थप अनुसन्धानको लागी रिमान्डमा राखेका थिए । नेपालको ठेगाना नखुलाइएको उनको रहस्यमय तरिकाले हिरासत भित्रै मृत्यु भएको समाचारमा बताइएको छ।

जानकारी अनुसार जुन महिनाको २ तारिक हिरासत भित्रै रहेको बेला एक्कासि बेहाेस भेटिएका धनबहादुरलाई अस्पताल लैजादै गर्दा डाक्टरले मृत घाेषणा गरेका थिए ।
पाेष्टमार्टम रिपाेर्ट नआएसम्म मृत्युकाे कारण थाहा नभएपनि मलेसिया स्थित विभिन्न गैर सरकारी संघसंस्थाहरूले भने मृत्यु संकास्पद रहेकाे भन्दै निष्पक्ष छानबिन गर्न माग गर्दै बिराेध जनाएका छन् । हिरासतमा रहेको स्वदेशी , बिदेशी लगायत हरेक नागरिकको सुरक्षाको जिम्मेवारी पुलिसलाई नै हुन्छन् , फ़ेरि कसरी पुलिसकै रोहवरमा धनबहादुरको मृत्यु भयो ? यसको सम्पुर्ण जिम्मेवार पुलिस प्रसाशनलेनै लिनुपर्ने भन्ने धारणा स्थानीय संघसंस्थाले व्यक्त गरेका छ्न।
कुलालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचीव प्रतीक कार्कीसंग सम्पर्क गर्दा उनले भने कि ” यस विषयको बारेमा मलेसियाली पक्ष वा पुलिस स्टेशनबाट कन्सुलर सूचना प्राप्त भएको छ । र घटना बारे दूतावासले निष्पक्ष रुपमा छानबिन गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराईसकेको र राजदुतावासले यस बिषयलाई एकदमै गम्भीर रूपले फलाेअप गरिरहेकाे र सत्यतथ्य बाहिर ल्याउन कुनै कसुर बाकी नराख्ने बताए।




















