हङकङ चार्टर फ्लाइटको भित्री कथा


रोहन गुरुङ

लकडाउनका कारण नेपालमै रोकिएका हङकङबासी नेपाली सोमबार राती हङकङमा सुरक्षीत अवतरण गरिसकेका छन् । त्यस्तै, अबको ३ दिनपछि नेपालमा रोकिएका बाँकि हङकङबासी नेपाली हङकङ जादैंछन् ।

सोमबार दुई न्यारोबडी जहाजले १५५ को दरले र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लगेको छ । नेपालमा कोरोनाको कारण गरिएको लकडाउन र उडान बन्द गरिदा हङकङबासी नेपाली लामो समयदेखि नेपालमा रोकिएका थिए । नेपालमा करिब १ हजार ३ सय जना रोकिएका थिए ।

एनआरएनए हङकङको नेपाल सरकार र हङकङस्थित नेपाली महावाणिज्यदूतावास सँगको करिब १ महिना देखिको पहलपछि नेपालमा रोकिएकाहरु फर्किन सफल भएका छन् । तर नेपालमा रोकिएका हङकङबासी नेपालीलाई ठूलो सास्ती र चर्को शूल्क तीर्न बाध्य बनाइएको भन्दै रोहण गुरुङले सामाजीक सञ्जालमा एक पोष्ट गर्नुभएको छ । रोहण गुरुङको भनाई जस्ताको तस्तै:-

लकडाउनको समयमा,ग्राहकलाइ पैसा छाप्ने मेसिन ठान्ने ,मानवीयता नभएका ब्यापारीसग परिचीत हुने अबसर*

हङकङ चार्टर फ्लाइटको भित्री कथा-

एनआरएन हङकङका अध्यक्ष राधिका गुरुङ (टीका) सग मेरो दिदी नाता रहेको छ । माघमा मेरो बुवाको स्वर्गबास हुँदा अस्ट्रेलिया, युके हङकङबाट परिवार र इस्टमित्रहरु नेपाल आउनु भएको थियो ।बुवाको काजक्रिया सकिए पछी धेरै इस्टमित्र नेपालबाट फर्किनु भयो, तर हङकङमा कोरोना भाइरस फैलदै गएको खबर आए पछी केहि समय नेपालमा रोकिन टीका दिदिलाइ मैले अनुरोध गरें।

हङकङमा रहेकि भान्जीको स्कुल बिदा भए पछी ऊनी पनि नेपाल आइन् ।केही दिनको काठमाडौं बसाई पछी बुवाको ४९ दिनको पुजाको लागि दिदि र भान्जी पोखरा तिर लागिन । हामी छोराको स्कुलको कारण काठमाडौं नै बसेर बुवाको पुजा गर्ने निर्णय गर्‍याै ।

देखिन थाल्यो। मेरो छाेराको स्कुल बिदा भएको माैका छाेपि दिदि र भान्जी सग केहि दिन पोखरामा सगै दिन बिताइ काठमाडौं फर्कने हिसाबले परिवार सहित चैत्र ९ गते म परिवार सहित पोखरा आएं।बिदेशबाट नेपाल आएका केही ब्यक्तिहरुमा कोरोना भाइरस संक्रमण देखिए पछी पहिलो लकडाउन शुरु भयो।स्थिती नियन्त्रणमा राख्न सरकारले दोश्रो,तेस्रो पटक लकडाउनकाे समय थप्दै लग्यो ।

उता हङकङमा कोरोनालाइ नियन्त्रण र दुरि कायम गर्दै स्कुल शुरु गर्ने तयारी गरेको खबर आए पछी भान्जीको स्कुल छुटने समस्याले दिदि चिन्तित हुनु भयो।

नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ने मिति झन्झन् लम्बिदै गएपछी नेपालमा अडकियका धेरै नेपालीबाट दिदिको मोबाईलमा घण्टी बज्न शुरु भयो, प्रायको प्रमुख समस्या बच्चाको पढाई नै थियो।
हप्तौं सम्म बिहान देखी राती सम्म दिदि फोन उठाउन नै ब्यस्त रहिन ।नामावली संकलन गर्दै जादा पाँच सय, सात सय हुँदै हजार बढीको संख्यामा नेपालमा अडकियको जानकारी भयो र नामावली अप्रिल अंतिममा हङकङ महाबाणिज्य दूतावास, एन आर एन केन्द्रिय कार्यलय र एनआरएन हङकङ लाइ इमेल मार्फत पत्रचार गर्नु भयो।

हङकङमा रहेका एनआरएन हङकङका उपाध्यक्ष र महासचिवलाई हङकङ बासी नेपालीलाई नेपालबाट उद्धारको लागि कुटनैतिक पहल गर्न महाबाणिज्य दूतावास पुग्न दिदीले अनुरोध गर्नु भयो ।साथै हङकङ स्थित नेपाल एअरलाइन्सको कार्यलय गइ हङकङ बाट नेपाल आउँदा ८० प्रतिशत यात्रुले नेपाल एअरलाइन्सको फिर्ती टिकट काटेको हुँदा नेपाल एअरले सोही टिकटमा बिशेस उडानको ब्यबस्था गर्न एनआरएन हङकङ उपाध्यक्ष र महासचिव अनुरोध गर्न पुग्नु भयो तर नेपाल एअरलाइन्सबाट पहिला काटेकाे काठमाडौं- हङकङको टिकट सत प्रतिशत पैसा फिर्ता गरिने र २ करोड अग्रिम भुक्तानी गरि जहाज चार्टर गर्न सकिने सुझाव आए पछी हङकङ फर्कन स्थिती सहज देखिएन। किनकि लकडाउनको कारण बैंकहरु बन्द भएको अबस्थामा दुई करोड अग्रिम भुक्तानीको सम्भावना कठिन थियो ।

हङकङमा रहेका ट्राभलहरु बाट जहाज चार्टरको सहयोगको अपेक्षा गरियो तर सकारात्मक उत्तर आएन ।

दिदी र हामी सपरिवार खानपिन गरि प्राय बाहिर बरन्डामा सगै हुन्थ्याै। दिदीले फोनमा गरेका सम्बाद सुन्न बाध्य थिएं।हङकङमा जन्मेर उतै हुर्केका बच्चाहरु नेपालमा लामो समय अडकिदा प्राय डिप्रेसनको शिकारमा पर्ने सम्भावनाले सबै अभिभावक तनावमा रहेको सुनिन्थ्यो। कतिका बच्चा हङकङमा र आमा नेपालमा अडमियको त कतिपयको भिसा सकिने कुरा सुन्दा स्थिती समस्याग्रस्त बन्दै गएको अभास हुन्थ्यो ।

बुढापाकाले दु:खमा शत्रुको पनि सहयोग गर्नु पर्छ भन्थे।।।।

यो विषय परिस्थितिमा दिदि लगाएत अन्य हङकङ बासी नेपालीलाई सहयोग गर्ने निस्कर्समा पुगें।।।

वैदेशिक रोजगार व्यावसायि संघमा अध्यक्ष हुँदा विभिन्न एअरलाइन्स र काठमाडौंका अधिकांस ट्राभल एजेन्सी सग मेरो राम्रै चिनजान थियो।हङकङ प्लेन चार्टरको सम्भावना र कोटेसन मागियो। धेरै ट्राभल लकडाउनको कारण बन्द रहेको थियो । केही ट्राभलबाट आरए र हिमालयन एअरको कोटेसन जानकारी भयो ।त्यस मध्य हार्बेस्ट मुन ट्राभलले हिमालयन एअरलाइन्स चार्टर गर्ने हो भने कार्गोमा हाल्ने सामानबाट हुने आय दाबी नगर्ने गरि रु.६३ हजार र सोहि शर्तमा नेपाल एअरलाइन्स

(आरए) को रु.८० हजारको एअरफेयर पठायो।

केहि नेपाली साथीहरू सग दिदिले छलफल गर्नु भयो र यो मन्दीको बेला हिमालयन एअर लाइन्सको ६३ हजार रुपैया उपयुक्त हुने निस्कर्श सुनाउनु भयो। जहाज चार्टर गर्न कुनै एडभान्स दिन नसकिने ट्राभललाई अनुरोध सुनायाै।सस्थागत हिसाबले हिमालयन एअर मार्फत नेपालीलाई हङकङ उडान गराउने बिसय हङकङमा रहेका एनआरएनका साथीहरू लाई दिदिले जानकारी गराउनु भयो तर निस्कर्शमा नपुग्दै

हङकङमा ट्राभल एजेन्सी चलाएर बसेका ब्यापारीहरुले नेपालमा अडकियका हङकङ बासी नेपाली हिमालयन एअर मार्फत जम्मा ६३ हजार रुपैयामा एनआरएन हङकङले तयार गरेको जहाजमा आउन लागेको थाहा पाए ।

कुनै पनि हालतमा हिमालयन एअरलाइन्स हङकङ प्रवेश गर्न नदिन अबरोध सृजना गर्ने बैठकहरु हङकङका रेस्टुरेन्टहरुमा दिनरात चल्न शुरु भएको खबरहरु आउन शुरु भयो।

आरए चार्टर गरेर प्रति टिकट ६ हजार ८ सय ५० हङकङ डलर( करिब एक लाख रुपैया)मा टिकट बिक्री गरेर कराेडाै कमाउने तयारीमा रहेका हङकङका ट्राभल एजेन्सीहरु भोक र प्यास बिर्सेर हिमालयन एअर बिरुद्ध अपवाह फैलाउन लागे । विभिन्न फेसबुक र अनलाइन न्युजमा एनआरएन हङकङ अध्यक्ष पैसा कमाउन लागेको भन्दै भ्रमित खबर सम्प्रेषणको बर्षात गर्न समेत पछी परेनन।

जिबन रहे धन कमाउन सकिन्छ , ग्राहक रहे ब्यापार बिस्तार गर्न सकिन्छ भन्ने सोच, दया र माया नभएका हङकङका ट्राभलहरु नेपालमा अलपत्र परेकालाइ सहयोगी हात बढाउनु पर्नेमा आफ्नो फाइदाको लागि मरिहत्ते गर्न लागेको दु:खद परिस्थितिमा एनआरएन हङकङका एक उपाध्यक्षले राजिनामा दिएको खबर आए पछी दिदि अर्को तनावमा पर्नु भयो।दिदिले उपाध्यक्षलाई बारम्बार फोन गरिन तर फोन उठेन र कलब्याक पनि आएन ।

धेरै तनाब भएपछी चार्टर फ्लाइटको झमेला बिसाउदै दिदि माैन बस्न खोज्नु भयो तर दिनमा सयाै अनुरोध र समस्याका फोनहरु आइ पछी दिदि माैन बस्न सक्नु भएन । छाेरीको स्कुलको कारण आफै जान पर्ने भए पछी एनआरएन हङकङ मार्फत होइन ब्यक्तिगत रूपमा हार्बेस्ट मुन ट्राभल सग समन्वय गर्न मैले सुझाब दिएं।

पोखरामा लकडाउनमा पर्नु भएका दिदि काठमाडौंमा रहेकोे ट्राभलसग समन्वय गर्न त्यती सहज थिएन । त्यसैले २७ मे देखी उडान गर्ने उद्देश्य सहित हङकङ जाने करिब ११ सय नेपालीको नामावली सहितको निवेदन आफ्नो श्रीमान तेज प्रकास मार्फत हार्बेस्ट मुन ट्राभल र पररास्ट्र मन्त्रालयलाई लिखित जानकारी र निवेदन गर्नुभयो।

कोरोना भाइरस महामारीको कारण रोकिएको हवाइ सेवा सम्बन्धि कोभिड १९ उच्च स्तरिय समिती बाट अनुमति नलिइ पररास्ट्रले प्रक्रिया अगाडि बढाउन नमिल्ने खबर आयो।समितीका सम्योजक उपप्रधानमन्त्री तथा रक्षामन्त्रीलाई समस्याको गम्भीरताको बारे जानकारी गराए पछी समितीले बैठकमा हङकङ उडानको निवेदनलाइ प्राथमिकतामा राखी निर्णय गरि पररास्ट्र मन्त्रालयलाई आबस्यक सहयोगको लागी पत्रचार गर्ने सहयोग गर्नु भयो।

नागरिक उडडयन मन्त्रालय बाट प्राप्त सहमति पत्रको आधारमा म्यान्मर , चीन ,बङलादेश्, पाकिस्तान र भारतको आकास प्रयोग flyover permison को लागि पत्रचार भएको खबर आयो ।। ।

उता हङकङका ट्राभल एजेन्सीहरु हिमालयन एअर लाइन्स हङकङ आउनै नसक्ने र हार्बेस्ट मुन ट्राभलमा टिकट पैसा नदिन विभिन्न सामाजिक संजाल मार्फत भ्रम फैलाउन लागीरहे । हिमालयन एअर मार्फत सस्तोमा हङकङ बासी नेपाली हङकङ आइ हाल्लान भनेर चिन्ताले बाैलाउन लागेका ब्यापारीको रोदन बारम्बार पोखरा सम्मै सुनिन्थ्यो।।।

जेठ ४ गते प्राधिकरणका महानिर्देशकलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको ग्राउन्ड हेन्डलीङको सबै कामको तयारीका लागि पर्यटन मन्त्रालयबाट पत्रचार भयो।

सत्ततरै जिल्ला प्रशासन कार्यलयलाई हङकङ जाने टिकट बाहाक यात्रुलाइ पासको ब्यबस्था गर्न गृहमन्त्रालय बाट ११०२ जनाको नामावली सहितको पत्र पत्रचार भयो।

कोभिड १९ को असहज परिस्थितिमा हङकङ इमिग्रेसन बाट हिमालयन एअरलाइन्सले बोक्ने यात्रुहरुको नामावलीको नो अबजेक्सन लेटर र सिभिल एभियसन (CAD) बाट ल्यान्डीङ परर्मिसनको अन्तिम पर्खाइमा बस्यौं ।।।

हङकङमा रहेका ट्राभल एजेन्सीहरुले करिब चार सय हङकङ बासी नेपालीहरु नेपालमा अडकियकोले उद्धार गर्ने भनी हङकङ महाबाणिज्य दूतावासमा छुट्टै नामाबलि लिस्ट पेस गरेको र दूतावासका का . बा प्रमुख आफै फाइल बोकेर हङकङ सरकारको विभिन्न निकायमा स्वीकृतिको लागि पुगेको अपुस्ट खबर आयो।दूतावास हङकङ का ट्राभल सग मिलेको छ , तपाईंले चार्टर गरेको हिमालयन एअर हङकङ आउनै सक्दैन भन्दै दिदिलाई हतोत्साहित गर्ने फोन हङकङ बाट आइ नै रह्यो ।

हङकङ उडानको लागि नेपाल सरकार बाट सबै प्रक्रिया पुरा गरेको हिमालयन एअर हङकङबाट नेपाली दूतावासबाट ओके सिग्नल आउन साथ टिकट इस्यु गर्ने गरि यात्रुहरुलाई टिकट रकम रु. ६३ हजार ट्राभलको बैंक खातामा भुक्तानी गर्न अनुरोध गर्‍यो ।

जेठ ६ गते २०७७ (१९ मे) मा महाबाणिज्य दूतावास हङकङ बाट ७ मे २०२० (बैशाख २४ गते )हङकङ सरकार बाट प्राप्त पत्र र विभिन्न मितिमा गरेको सम्बाद अनुसार हरेक फ्लाइटमा यात्रा गर्ने यात्रुहरु को छुट्टाछुट्टै नामावली हङकङ सरकार /सेक्युरिटी ब्युरोले मागेको हुँदा १४ दिन कोरोइन्टाइनमा अनिवार्य बस्नु पर्ने, आइडि, रेजिडेन्ट परर्मिटको सुनिश्चितता र कुन स्वादको खाना खाने लगायतका विवरण खुलाइ पत्र पठाउन अनुरोध छ भनी पररास्ट्र मन्त्रालयलाई पत्र पठाएको जानकारी हुन आयो।

*याद गर्नु पर्ने बिसय २४ बैशाख (७ मे) मा हङकङ सरकार सेक्युरिटी ब्यूरोबाट प्राप्त भएको पत्र जेठ ६ ( १९ मे) करिब दुई हप्ता पछी मात्र पररास्ट्र मन्त्रालयलाई जानकारी गराउनु दूतावास नियत प्रति शंका उत्पन्न हुन्छ । कतै दूतावास टिकट रकम १ लाख असुल्ने तयारीमा रहेको हङकङका ट्राभल एजेन्सिको ललिपपमा त परेनन् ? दूतावासका कर्मचारी छुट्टै नामावलीको फाइल आफै बोकेर हिडेकाे समाचार सत्य नै थियो त ? प्रष्नहरु थुप्रै उब्जिन थाल्यो।

२० मे मा हङकङ दूतावास बाट प्राप्त पत्र अनुसार २७, २८ मे मा हिमालयन एअर मार्फत उडान तयारीमा रहेको चार जहाजको यात्रुको नामावली र खाना ईन्डियन र नेपाली लेखिएको पत्र हङकङ दूतावासलाइ पररास्ट्रले पत्रचार गर्‍यो ।।।

मे १९ (जेठ ६ ) -हङकङका विभिन्न ट्राभल एजेन्सी द्वार सन्कलित करिब ४ सय नेपालीलाई हङकङ सरकारले तत्काल उद्धारको अनुरोध गरेको भनी हङकङ नेपाली दूतावासले सहि छाप गरि पररास्ट्र मन्त्रालयलाई लिस्ट पठाएको खबर आयो।

तर अचम्मको बिसय के भने २५ बैशाख (७ मे अगाबै )अगाबै हिमालयन एअर मार्फत हङकङ उडानको अनुमति दिन पररास्ट्र मन्त्रालय मार्फत हङकङ दूतावासमा पठाएको ११०० नेपाली यात्रुको नामावली बारे हङकङ दूतावासले कुनै प्रतीउत्तर नदिने तर जेठ १ गते (१४ मे) तिर हङकङका ट्राभल एजेन्सीले दिएको चार सय नेपालीको नामावली मात्र सहि छाप भै आउनु दूतावास हङकङका ट्राभल एजेन्सीले चलाउने अर्को शन्कास्पद तत्य हो।

विषयले झनझन चरम रुप लिदै गयो।

नेपालबाट हङकङ आउन हङकङ सरकारले हङकङ स्थित सनराइज ट्राभललाई तोकेको भन्ने इमेल सामाजिक संजालमा फालेर हिमालयन बाट हङकङ जाने पर्खाइमा रहेका यात्रुलाई पुनः भ्रम पैदा गर्न शुरु भयो ।फेरि हङकङको ८ वटा ट्राभलमा टिकटको लागि सम्पर्क गर्न हङकङ इमिग्रेसनको पत्रको हवाला दिदै हिमालयन एअर बाट हङकङ जान तयार भएका यात्रुहरुलाई फोन र इमेल आउन थाल्यो ।

कुनै पनि हालतमा हिमालयन एअरलाइन्सलाई हङकङ प्रवेश गर्न नदिने र आरए मार्फत ११ सय यात्रु हङकङ उतार्न सके ३ करोड भन्दा बढी फाइदा हुने हिसाबमा मात्र हङकङका ब्यापारी ब्यस्त भए ।स्कुल छुटने चिन्ता र डिप्रेसनको सिकार बन्न लागेका हङकङ बासी नेपाली प्रती कुनै दया, सहानुभूति र मानबियता देखाएनन।

हिमालयन एअरमा चिनिया लगानी छ भन्दै हङकङका चिन बिरोधि नेता देखी नेपाली दूतावास कर्मचारी र ट्राभल ब्यापारी सबै लागेको हुँदा हिमालयन एअरको हङकङ प्रवेश सम्भावना नभएको दिदिका शुभ चिन्तकहरुले फोन मार्फत जानकारी गर्ने गर्थे ।

संयोग नै भनुं मे २२ (जेठ ९) मा हङकङ सरकारले हिमालयन एअर प्रवेश अनुमती ( landing permission )नदिएको खबर बाहिर आयो।आफ्नो मुलुकमा स्थायी बसोबास गर्ने नागारीकलाई हङकङ सरकार आफैले जहाज पठाएर उद्धार गर्नु पर्नेमा आफै टिकट काटेर आउन लागेका नेपालीहरुले चार्टर गर्न लागेको जहाजलाई प्रवेश गर्न नदिनु अत्यन्त दु:खद बिसय थियो।

हार्बेस्ट मुन ट्राभलले टिकट बापत लिएको रु. ६३ हजार तिन दिन भित्र फिर्ता लिन रकम भुक्तानी गरेका यात्रुहरुलाई अनुरोध गर्‍यो । तर हार्बेस्ट मुनबाट पैसा फिर्ता नलिने र dragon air वा आर ए नै चार्टर गरि दिन सबैको अनुरोध भए पछी dragon air को कोटेसन सोघपुछ गर्दा आरए नै कम खर्च( प्रति यात्रु ८५ हजार) मा उदाउन सक्ने भए पछी हिमालयन एअर लाइनस मार्फत उड्ने तयारीमा रहेका सबै नेपाली १ जुन २०२० साझ ९ र १० बजे पहिलो दुई फ्लाइट मार्फत हङकङ पुगेका छन।दोस्रो ,तेस्रो ,चाैथाे उडान ४ ,५ जुनमा हुने तयारी रहेको ट्राभल बाट बुझिएको छ ।

समग्रमा करिब एक महिना नेपालमा अडकियका हङकङ बासी नेपालीहरुको हङकङ यात्रा सफल गर्ने प्रयासमा बित्यो।

समस्यामा सबै एक हुनु पर्दछ , मानवीयता, दया , प्रेम र सद्भभाब हराउन हुदैन।यो समयमा देखिएका सबै खाले नकारात्मक गतिविधि दोहोरिन हुदैन र जान आन्जानमा भएका गल्ती सबैले सुधार्नु पर्दछ ।

हङकङ यात्राको यो मिसन सफल बनाउन सहयोग गर्ने मन्त्रालय कर्मचारी , नेकपाका शिर्ष नेताहरु सबैलाई हार्दिक धन्यवाद ।सबैको जयहोस ।यात्राको क्रममा रहेका सबैलाई शुभ यात्राको शुभकामना।हार्बेस्ट मुन ट्राभलका टिमलाई हार्दिक धन्यवाद।।।