जनउद्धार केन्द्र- जस्तो नाम उस्तै काम,फेरि गर्यो समस्यामा परेका ९ जनाको समुहलाई खाद्यान्न सहयोग।

तिलोचन गौतम
क्वालालम्पुर मलेसिया

कलिला सपना बोकेर गत माघ महिनामा सन्ध्या ह्युमन रिसर्च म्यापावर बाट वैदेशिक रोजगारी को लागि मलेसिया तर्फ आएका युवाहरू बिगत ५ महिना देखि काम कोठामा ससिरहेका छ्न। रोजगारदाता कम्पनीले उनीहरुलाई वास्ता नगर्दिदा भोकभोकै रात बिताउनुपरेको छ।

सुरक्षागार्ड को काममा आएका ९ जना युवाहरू अहिले नत काम नै पाएका छ्न नत खाना नै पाएका थिए सुनिल परियार, राजकुमार बिश्वकर्मा, अतिबुल रायन,अताबुल रायन, नेत्र प्रसाद भट्टराई , हरिश खत्री , आइतनारायन गरकोटि, डिल्लिराम खनाल र उदित नारायण चौधरी लगाएत एतिबेला समस्यामा परेको बताउदै अहिलेसम्म जसोतसो खानेकुराको जोहो गरिदै आएको भएपनी अब अगाडि कुनै उपाए नभएको र कम्पनीले पनि केही वास्ता नगरेकोले , श्रमिक हरुको पक्षमा निरन्तर काम गरिएको , जनउद्धार केन्द्रले थुप्रै समस्यामा परेका नेपाली हरुलाई सहयो तथा उद्वार गर्दै आएको सुनेका उनिहरुले जनउद्वार केन्द्र लाई सहयोग गरिपाउ भनेर लिखित निवेदन सहित दिएका थिए ।

लिखित रुपमा निबेदन नै आएपछी तत्काल उनिहरुलाई केहिदिनलाई पुग्ने खाद्यान्न जनउद्धार केन्द्रले उपलब्ध गराएको छ । अध्यक्ष केशु थापा, सचिब शंकर देब आचार्य र उपाध्यक्ष कमल खड्का प्रत्यक्ष उनिहरुलाई भेटी समस्या बुझेर राहात सामाग्री हस्तान्तरण गर्नुभएको हो।

अप्ठ्यारो अबस्थाको बावजुत पनि जनउद्वार केन्द्र निरन्तर श्रमजीवी हरुको गुनासा र समस्या संग नजिक रहेर काम गरिरहेको छ ।