आई पे रेमिट प्रा. लि. र कृषि विकास बैंक लि. बिच सम्झौता

आई पे रेमिट प्रा. लि. र कृषि विकास बैंक लि. बिच मिति २०७७-२-१३ मा विप्रेषण कारोबार भुक्तानी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । कृषि विकास बैंक लि. का प्र. का. अधिकृत श्री अनिल कुमार उपाध्यायको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा आई पे रेमिट प्रा. लि. का तर्फबाट कार्यकारी निर्देशक ईन्द्र प्र. शर्मा र कृषि विकास बैंक लि. का उपमहाप्रबन्धक श्री यज्ञ प्रकाश न्यौपानेले हस्ताक्षर गर्नु भयो ।


दुई पक्ष बिचको आपसी सहयोगले व्यवसाय वृद्धिमा ठूलो भूमिका खेल्ने भएकाले एक-अर्कालाई सहयोग गरी अगाडी बढेर जानु पर्ने विचार कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत श्री अनिल कुमार उपाध्यायले व्यक्त गर्नु भएको थियो । अब उप्रान्त विश्वका जुनसुकै ठाउँबाट पठाएको रकम नेपाल अधिराज्यमा रहेका कृषि विकास बैंकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने हुँदा ग्राहक वर्गलाई थप सुविधा मिल्ने कुरा आई पे रेमिट प्रा. लि. का बजार प्रमुख श्री रुप नारायण श्रेष्ठले बताउने भयो । साथै, हालको परिस्थितिमा पनि ग्राहकवर्गलाई सेवा प्रदान गर्दै विभिन्न डिजिटल कम्पनीहरुसँग सहकार्य गरी डिजिटल कारोबारलाई प्राथमिकता दिने जानकारी पनि गराउनु भएको छ ।