अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द/बिदेशबाट नेपाली फर्किन नपाउने।

मलाया खबर सहकर्मी ,,

काठमाडौं : नेपाल सरकारले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका जेठ मसान्तसम्म ( जेठ अन्तिम महिनासम्म ) बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय  हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो।
‘मंगलबार बसेकै उच्च स्थायीय समिति बैठकले जेठ १८ गतेसम्म बन्द गरिएको हवाई उडान र सीमा नाकालाई जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले सञ्चार माध्यमसंगको कुराकानीको क्रममा बोल्दै भने , ‘प्रेस ब्रिफिङपछि छोटो समय बसेको बैठकले यो निर्णय गरेको हो।’ 

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले जेठ २० गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । केहि दिन अघि मात्रै नेपाल् सरकारले प्राथमिकताको आधारमा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल ल्याउने कुरा चलाइरहेका बेला , प्रक्रिया अगाडि बढाइरहेको बेला पुन: अन्तराष्ट्रिय हवाई उडान बन्द गर्ने समय लम्व्याईएपछि विदेशबाट नेपाल आउन चाहेका नेपालीहरु थप निराश बन्ने भएका छन् ।