दुई महिनाभित्र मलेसियामा ३८ नेपालीको मृत्यु/मृतकको शव पठाउन कति खर्च लाग्छ?

मलाया खबर / आरएन चौधरी थारु ,,

क्वालालम्पुर ( मलेसिया ):= मलेसिया नेपालीहरुको लागी वैदेशिक रोजगारीको निम्ति प्रमुख गन्तव्य मानिने मध्यको एक देश हुन। मलेसियामा करिब ५ लाखको हाराहारीमा नेपाली श्रमिक कार्यरत रहेको अनुमानित तथ्यांकले देखाउछ ।


मलेसियामा कार्यरत नेपाली श्रमिक प्रायगरी म्यानुफ्याक्चरिङ कम्पनी , सुरक्षागार्ड , आफ्नै निजि ब्यापार , ब्यवसाय लगायतको रोजगार क्षेत्रमा काम गर्दैआइरहेको छ।
तर अच्चम के भने प्राय यहाँ कार्यरत नेपालीहरुको दिनैपिच्छे मृत्यु हुने गरेको पाइएको छन।
नेपाली दूतावास मलेसियाले जानकारी गराएअनुसार मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनको अवाधीभित्र आजसम्ममा विभिन्न क्षेत्रमा कार्यरत ३८ जना नेपाली श्रमिकको विभिन्न कारणले मृत्यु भएको छ।

मृत्यु हुने अवस्था मध्यमा सुतेको सुत्यै भएर मर्नेको संख्या उच्च रहेको बताएका छ्न । बेलुका खाना खाएर सुत्ने तर बिहान उठाउन खोज्दा नउठ्ने अच्चानक रातीमा सुतेको बेला आईपर्ने हृदयघात ( heart atack ) को कारणले मृत्यु भएको नेपालीको संख्या उच्चरहेको दूतावासले जनाएका छ्न।
त्यस्तै नेपालीको मृत्यु हुने अन्य कारणहरुमा सवारी दुर्घटना,आत्महत्या,लडाइ , झैँ-झगडा,अत्याधिक मदिरा सेवन,असन्तुलित खानपिन लगायत कारणले मृत्यु हुने गरेको डाक्टरहरुले निकाल्ने पोस्टमार्टम रिपोर्टले दर्साउने गरेको जनाएका छ्न।

मृतक सम्पुर्ण नेपालीहरुको शव पोस्टमार्टम सकिएर अस्पतालमै राखिएको जनाएका छन। अहिले हवाई यात्रा पुर्ण रुपमा बन्द रहेकोले शव नेपाल पठाउन र अन्तिम दाहसंस्कार गर्न सम्बन्धित परिवारलाई जिम्मा लगाउन अप्ठ्यारो भएको बताए। हवाई यात्रा सुचारु भएपछि सम्पुर्ण मृतक नेपालीहरुको शव नेपाल पठाउने र ऊनीहरुको परिवारलाई जिम्मा लगाउने बताए।

मलेसियामाबाट मृतकको शव नेपाल पठाउन लाग्ने खर्चबारे दूतावासलाई प्रश्न गर्दा , ” जवाफमा भने लगभग ४ हजार देखी ५ हजार सम्म शुल्क लाग्ने गर्दछन ।
अब शव पठाउन लागत शुल्क तिर्ने सम्बन्धमा यदि मृतक श्रमिक बैधानिक छ्न , पासपोर्ट र भिसा सबै छ्न शव नेपाल पठाउन लाग्ने सम्पुर्ण खर्च आफू कार्यरत रोजगारदाता कम्पनीले बेहोर्ने प्रावधान चलीआएको बताए। ।

यदि मृतक श्रमिक अबैधानिक ( इलिगल ) हुन भने , मृतकको आफन्त,परिवारले लागत खर्च ब्यवहोर्ने प्रावधान रहेको छ्न , तर मृतकको परिवारको आर्थिक स्थिती कमजोर भएको खण्डमा दूतावास र अन्य समाजिक संघसंस्थाको आर्थिक सहयोगमा शव नेपाल पठाउने गरेको बताए।
मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनले कम्पनीसंगको श्रम सम्झौता सकिएर र विभिन्न कारणबस भिसा सकिएकोहरु गरेर जम्मा ७ हजारको हाराहारीमा नेपालीहरु नेपाल फर्किन सक्ने दूतावासले जनाएका छ्न।