अन्ततः कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा मन्त्रीपरिषद् बाट पारित।

काठमाडौं := अन्ततः नेपाली जनताबाट नेपाल सरकारको तिब्र बिरोध र आलोचना पछि भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको छ ।

साेमबार साँझ बसेकाे मन्त्रिपरिषद्काे बैठकले नयाँ नक्सा स्वीकृत गरेकाे हाे । कृषिमन्त्री घनश्याम भुसालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा पारित भएको बताएका छ्न। आइतबारको मन्त्रिपरिषद् बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नयाँ नक्सा मन्त्रिपरिषद्को बैठकमा पेस भएको थियो।
नयाँ नक्सा पारित गर्ने निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक भनेका छन् । 

सरकारमाथि भारतले मिचेको नेपाली भूमि समेटेर नक्सा जारी गर्न सत्तारुढ दल नेकपा, संसद्का समितिहरू, विपक्षी दल तथा नागरिक समाजले दबाब दिँदै आएका थिए । 
नेपालको कालापानी समेटेर भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि राजनीतिक टीका–टिप्पणीको दोहोरी चले पनि सिमानाका विषयमा कूटनीतिक संवाद हुन बाकी रहेको छ।