विश्वव्यापी बन्दै मजदुर एकता समाज/सत्र देशमा संयोजक/ब्यूरो संयोजकमा शाही ।

काठमाडौं := मजदुरका लागी मजदुर अभियान संचालन गर्ने उद्देश्य सहित अभियान्ताहरु दिलिप भट्टराई, प्रेम बहादुर शाही तेज बहादुर कार्की ,अर्जन बहादुर सिंह लगाएतको पहल र सक्रियतामा मलेसियामा कार्यरत श्रमजीवी नेपाली हरुको सक्रियतामा २८ जुलाई २०१९ मा मलेशियाको क्वालालम्पुरमा एक औपचारिक भेलाले आम मजदुर हरुको हक हित र अधिकारको लागी संसार भरिका सम्पुर्ण नेपाली माझ पुग्ने उद्देश्य सहित गैरसरकारी ,गैरराजनीतिक,मुनाफा रहित स्वतन्त्र र आम मजदुर हरुको साझा संगठनको रूपमा नेपाली मजदुर एकता समाजको औपचारिक स्थापना भएको थियो ।

स्थापना बाट नै मजदुरहरुको हक हित र अधिकार,न्यायको क्षेत्रमा सक्रिय रुपमा निरंतर संघर्षरत संस्था हो मलेशिया समिति बाट नै मलेसिया,साउदी ,कतार लगाएतका देश हरुमा मजदुर माथी परेका समस्या समेत हेर्दै आएको थियोे पछिल्लो चरण एकता समाजले अन्तर्राष्ट्रिय समिति समेत बनाएर नेपालमा औपचारिक दर्ता समेत गरिसकेको छ कोरोना महामारीको कारण औपचारिक रुपमा पत्रकार सम्मेलन गर्न नपाएको कारण अन्तर्राष्ट्रिय समिति सार्वजनिक हुन बाकी रहेता पनि औपचारिक हिसाबले नियमित कामहरू अगाडि बढाइ रहेको छ ।

मजदुरका लागी मजदुर अभियान पछिल्लो समय मजदुरहरु माझ निक्कै लोकप्रिय बन्दै गए संगै समाजले प्रवास ब्यूरो निर्माण गरेको छ ब्यूरो संयोजकमा अभियान्ता टोलिका एक सदस्य प्रेम बहादुर शाही ” दिलिप” लाइ जिम्मेवारी दिएको छ साथै ब्यूरो सह संयोजकमा अर्का अभियान्ता अर्जन बहादुर सिंह “अर्जुन तथा नेपाली बाट अन्तर्राष्ट्रिय समितिका पदाधिकारी मध्री बाट भरत केसि रहने गरि तत्कालको लागी १७ देशका संयोजक सह संयोजक केहि प्रतिनिधिहरु ब्यूरो सदस्य रहने गरि ब्यूरो निर्माण भएको हो ।

कुन कुन देशमा को को भए संयोजक :

राजन क्षेत्री अमेरिका संयोजक , बिजय भुसाल इटाली संयोजक , प्रिया राना ब्राजिल संयोजक , रिना सिंगार तिवारी जापान संयोजक , कृष्ण श्रेष्ठ “सुनिल” पोलान्ड संयोजक , उर्मिला सुनुवार ” सबु” ओमन संयोजक , बिनोद भट्ट पोर्चुगल संयोजक ,कृष्ण थापा बहराइन संयोजक अक्कल बहादुर घिसिङ बहराइन सह संयोजक ,अर्जुन कडेल माल्टा संयोजक,धन बहादुर मगर “विराट”माल्दिप्श संयोजक ,राम बहादुर आले मगर “निकेश”दक्षिण कोरिया संयोजक , मुना पुन साइप्रस संयोजक , साइप्रस सह संयोजकमा केशरी लामा अविराम राइ कतार संयोजक ,गणेश बहादुर खापुङ युएई संयोजक, नविन नेपाल साउदी संयोजक साउदी बाट ब्यूरो सदस्यमा सरोज कोइराला ,गणेश अधिकारी , यमुना पाण्डे “मुना” नेपाल संयोजक, राम प्रसाद सुबेदी “संगम” मलेसिया समिति अध्यक्ष लाइ ब्यूरोले विशेष जिम्मेवारी दिएको छ भने मलेशिया समिति सचिव सन्तोष फुल्लेल लाइ मलेशिया समितिको तर्फबाट ब्यूरोमा मनोनीत गरेको छ ।

अभियानमा जोडिनको निम्ति विभिन्न देश बाट जोडिने बारेमा छलफल भैरहेको र चाडै अन्य देशमा समेत बिस्तार गरिने ब्युरो संयोजक प्रेम बहादुर शाही ” दिलिप” ले बर्दिया टाइगर डटकम लाइ बताएका छन ।