जाया ग्रोसरमा कार्यरत श्रमिकहरुले पुनः गरे अबैधानिक नेपाली श्रमिकलाई खाद्यान्न सहयोग।

क्वालालम्पुर ( मलेसिया ):= कोरोना भाइरसलाई नियन्त्रण गर्न मलेसियामा जारी गरिएको सिएमसिओले गर्दा खाद्यान्न अभाव झेलिरहेको अबैधानिक नेपाली श्रमिकलाई अर्को नेपाली श्रमिकहरुलेनै खाद्यान्न सामाग्री नि:शुल्क सहयोग गरेका छ्न।

खाद्यान्न अभाव झेलिरहेको पेटालिङ्गजायामा बसोबास गर्दै आईरहेका दुई जना अबैधानिक श्रमिकलाई कोतादामानसारामै अवस्थित जाया ग्रोसर सुपरमार्केटमा कामगर्दै आईरहेका नेपाली श्रमिकहरु श्यामलाई गुप्ता , कपिल ठकुरी , देबेन्द्र भण्डारी , धन बहादुर थापा , बिष्णु चौधरी , गोपाल रेग्मी , खिम रसाईली , चन्द्र मगर , लियाकात अलि लगायतको श्रमिकहरुले यस् बिपत्तको घडीमा खाद्यान्न अभाव झेलिरहेको अन्य नेपाली श्रमिकको लागी जम्मा गरेको आर्थिक संकलन रकमले दुई महिनासम्म पुग्ने बराबरको खाद्य सामाग्री किनेर मलाया खबरको सम्पादक आरएन चौधरी थारुकै रोहवरमा नि:शुल्क प्रदान गरेका हुन।

मलाया खबरसंगै सहकार्य गर्दै चन्द्र बहादुर महतारा लगायत नेपालीहरुको अगुवाईमा मलेसियाभर छरिएर जाया ग्रोसर सुपरमार्केटमा काम गरिरहेको नेपाली श्रमिकहरु एकजुट भैई कोरोनाको यस् बिपत्त घडीमा एक नेपालीले अर्को नेपालीलाई सकेको खाद्यान्न सामाग्री सहयोग गर्ने उदेश्य सहित चालेको अभियानमा अहिलेसम्म लगभग ३० जना भन्दा बढि नेपाली श्रमिकलाई सहयोग गरिसकेको छ्न।

मलेसियाको समाचार,रिपोर्ट,घटनाहरुको बारे हरदम अग्रपंक्तिमा रहेर सत्यतथ्य निष्पक्ष रुपमा समाचार प्रकाशन गर्दै आईरहेका एकमात्रै चर्चित अनलाईन मिडिया मलाया खबर ड्टकमको माध्यमबाट सहकार्य गर्दै चालेको मलेसियाब्यापी खाद्यान्न सामाग्री सहयोग कार्यक्रममा जोडिनु भएका मलेसियामा रहेका विभिन्न समाजिक संघसंस्था,एनआरएनए,ब्यवसायीक,समाजिक ब्याक्तित्वहरु,कलाकार,अगुवाहरुले अहिलेसम्म लगभग ४ सय जना भन्दा बढि नेपाली श्रमिकलाई खाद्यान्न सामाग्री र सकेको आर्थिक रकम समेत सहयोग गरिसकेको तथ्यांक मलाया खबरसंग सुरक्षित रहेको छ।

कोरोनाको कारण मलेसियामा जारी एमसिओ र नेपालमा जारी लकडाउनले गर्दा भिसा सकिएर , कम्पनी संगको श्रम सम्झौता सकिएर , अबैधानिक हैसियतमा बसिरहेका,स्वदेश फर्किन नपाएर , कामबाट निकालिएका,कम्पनी बन्द भएका आर्थिक संकटसंगै खाद्य अभाव झेलिरहेको करिब ३० हजार बढी नेपाली यतै अलपत्र परेका छ्न ।
तर पछिल्लो समय मलेसिया स्थित नेपाली दूतावास र केहि सामाजिक संघसंस्थाले समेत खाद्यान्न सामाग्री बितरण कार्यलाई तिब्रता दिइएको पाइएको छ।