क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा कोरोना भाइरस ( कोभिड – 19 ) को संक्रमणबाट मृत्यु हुने मानिसको संख्या १ सय ११ जना पुगेको छ।
मलेसियाको स्वास्थ्य मन्त्रालयले आज बुधबार सार्वजनिक गरेको बिज्ञप्ति अनुसार कोरोनाले ६ हजार ७ सय ७९ जना संक्रमित रहेको जारी बिज्ञप्ति मार्फत जनाएका छ्न ।
जसमध्ये ५ हजार २ सय ८१ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिइसकेको निको भैइसकेको छ्न भने अझै १ हजार ३ सय ८७ जना संक्रमित उपचाररत रहेको उल्लेख गरेका छ्न ।
कोरोनाबाट मलेसियामा संक्रमित हुने नेपाली श्रमिकको संख्या ५३ जना रहेको छ्न , जसमध्ये ३ जना निको भैईसकेको जनाइएको छ्न।
यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोनाले विश्वभरी मर्नेको संख्या २ लाख ९३ हजार १ सय ३४ जना रहेको छ्न भने , संक्रमितको संख्या ४३ लाख ५७ हजार ३ सय ५७ जना पुगेको छ्न ।
नेपालमा मात्रै अहिलेसम्म २ सय १९ जना संक्रमित फेला परेको छ्न , जसमध्ये ३३ जनाले स्वास्थ्य उपचार सकिएर निको भैइसकेको जनाइएको छ।




















