भारतले नेपाली भूमिमा सडक बनाएको कुरा मलाई थाहा छैन:प्रधानमन्त्री ओली।

काठमाडौं:= प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय रक्षामन्त्रीले उद्घाटन गरेको खबर सार्वजनिक हुनुअघि भारतले नेपाली भूमिमा सडक खनेको भन्ने आफूले थाहा नपाएको बताएका छन्। ‘लिपुलेक र कालापानीमा भारतले सडक खन्दै छ भन्ने मलाई कुनै जानकारी थिएन,’ मंगलबारको मन्त्रिपरिषद् बैठकमा ओलीले भने, ‘पत्रपत्रिकामा खबर आएपछि पो बल्ल थाहा भो, म त छक्क परें।’

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने भारतले सन् २०१२ देखि नेपालको पश्चिमी भूमिमा सडक बनाइरहेको सूचना सरकारलाई रहेको भनेर संसदलाई जानकारी गराइसकेका थिए । उनले आइतबार सरकारका तर्फबाट संसद् र संसदीय समितिलाई भारतले कालापानी र लिपुलेक क्षेत्रमा बाटो बनाइरहेको सूचना पहिले नै थाहा भएको बताएका हुन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ