बिदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिने:श्रम मन्त्री रामेश्वर राय यादव।

काठमाडौं := नेपाल सरकारको श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन नसकिने बताएका छ्न।

वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई खान बस्न समस्या भए सम्बन्धित देशमा रहेका नेपाली दुतावासले नै व्यवस्था गर्ने बताएको छ । श्रम मन्त्री रामेश्वर राय यादवले बुधबार विदेशमा भएका नेपालीको नाममा समाजिक संजाल मार्फत सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरुलाई तत्काल ल्याउन नसक्ने भएकाले समस्या परे सम्बन्धित देशमा अव्यवस्थित नेपाली दुतावासमा सम्पर्क गर्न सहयोग लिन र सुरक्षित भई बस्न आग्रह गरे।

विदेशमा रहेका ३० औं लाखबढि नेपालीलाई र समस्यामा रहेका , श्रम सम्झौता सकिएर बसेका हजारौं हजार नेपालीलाई एकै पटक ल्याउन पनि असंभव भएको भन्दै उनले लकडाउन खुकुलो भएपछि फिर्ता ल्याउने गृहकार्य गर्ने,केहि उपाय लगाउने बताए ।