क्वालालम्पुर ( मलेसिया ):= मलेसियामा एक कम्पनीमा ड्युटी जाने क्रममा आज बिहान श्रमिक बोकेको बस सडक दुर्घटनामा परेको छ ।
आज बुधबार बिहान करिब ०६:४५ बजे जोहोरबारुको सेनाई इन्टरनेशनल एयरपोर्ट नजिकै भएको सो बस दुर्घटनामा परेर बसमा सवार विभिन्न देशको १८ जना श्रमिकहरु मध्य केहि श्रमिक घाइते भएका छ्न ।
जोहोरबारुमा पर्ने पानासोनिक इलेक्ट्रोनिक कम्पनीको कामदार बोकेर ड्युटी जाने क्रममा बस तिब्रगतिमा गुडिरहेकोलेे ड्राइभरले कन्ट्रोल गर्न नसकेर सडकमा रहेको रुखमा ठोकिन पुगेर दुर्घटना भएको जोहोरबारु कुलाइका प्रहरी प्रमुख तोक बेङ्ग युउ ले जानकारी गराएको स्थानीय सञ्चार माध्यम टिभी – ३ ले समाचारमा उल्लेख गरेकाछ्न।



बसमा सवार मलेसिया संगै नेपाल् , इन्डोनेसिया लगायतको अन्य मुलुकको महिला कामदार मध्य इन्डोनेसिया देशको मात्रै ८ जना महिला श्रमिक गम्भीर घाइते भएको र अन्य केहि सामान्य घाइते भएकोहरुको अहिले उपचारको लागी अस्पताल भर्ना गरिएको र कतिपय उपचार सकिएर रुम फर्कीसकेको सबैजना सकुशलनै रहेको , कसैको ज्यान नगएको प्रहरी प्रमुखले जनाएका छ्न।




















