क्वालालम्पुर (मलेसिया):= मलेसिया सरकारले जारी गरेको लक डाउनको कारण खानको लागि धेरै बिदेशिहरुलाई समस्या परेको छ । यस्तै समस्यामा परेका नेपालीहरुलाई जनउद्धार केन्द्र मलेसियाले निरन्तर सक्रियतापूर्वक खाद्यान्न सामग्री वितरण गरिरहेको छ ।
यस्तै मलेसिया पेनाङ्गको लिटलईन्डियामा रहेका ५ जना नेपालीहरुलाई शनिबार जनउद्धार केन्द्र र सम्पर्क समिति लेभलनको सहकार्यमा खाद्य सामाग्री वितरण गरेको छ । जनउदार केन्द्र लभलेन सम्पर्क समितीका अध्यक्ष बालकृष्ण भण्डारी,र सल्लाहकार बल बहादुर गुरुङले पिडितहरुलाई होस्टेलमा गएर समस्या बुझेर खाद्यान्न सामग्री सहयोग गरेको अध्यक्ष बालकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
जनउद्धार केन्द्र मलेसियाका सचिव शंकर देब आर्चायका अनुसार उक्त ठाउँमा केही नेपालीहरु सामान्य बिरामी पनि रहेका छन र हामि निरन्तर सम्पर्कमा रहन, र सजगता अपनाउने सल्लाह दिएका छौ ।यस परिस्थितिमा पनि हामिलाई अहोरात्र खटिएर कार्यमा सहयोग गर्ने सम्पर्क समिति लगायत सम्पुर्ण सहयोगी हातहरुलाई जनउदार केन्द्र मलेसियाले धन्यवाद समेत दिएको छ ।
यो समाचार सामाग्री तयार पार्दा सम्म मलेसियामा काेराेना भाईरस (Covide-19) ५७४२ जनामा संक्रर्मण देखा परेकाे छ, शनिबार मात्रै ५१ जनामा संक्रमण देखा परेकाे हाे । मृत्यु हुनेकाे संख्या २ रहयाे, हाल सम्म मृत्यु हुनेकाे संख्या जम्मा ९८ पुगेकाे छ। भने हालसम्म ३७६२ जना निकाे भएर घर फर्किएका छा । मलेसियामा अहिले १८८२ जाना संक्रमित उपचार रत छन ।आवागमन नियन्त्रणकाे समय आउदाे मे १२ तारीक सम्म जारी रहने घाेषणा गरेका छ ।



















