जनउद्दार केन्द्र र सम्पर्क समिति लबलेनको सहकार्यमा १२ जनालाई खाद्यान्न सामाग्री सहयोग।

[ दिनेश खड्का खप्तडि ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा जारि मोभमेन्ट कन्ट्रोल अर्डर ( एमसिओ) ले गर्दा खानालाई समस्या परेका नेपाली तथा इन्डोनेसियन श्रमिकहरुलाई जनउद्धार केन्द्र र जनउद्धार सम्पर्क समिति लबलेनको सहकार्यमा खाद्यान्न सामग्री वितरण गरेको छ।


मलेसिया पेनाङ्गको कोम्तारमा रहेका नेपाली तथा इन्डोनेसियन गरि १२ जना श्रमिकहरुलाई खानको लागि खाद्यन आवश्यक सामाग्री होस्टेलमा गएर बितरण गरेको लबलेन सम्पर्क समितिका अध्यक्ष बालकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
मलेसिया सरकारले तेस्रो पटक लडाउन जारि गरेसँगै मलेसियामा रहेका नेपाली लगायत अन्य मुलुका श्रमिकहरुलाई खानको लागि निकै समस्या खेप्दै आएका खबरहरु सामाजिक सञ्जाल फेसबुक तथा सोसल मिडिया मार्फत देख्न पाईन्छ। यस्तै खबर जनद्वार सम्पर्क समिति लबलेन पेनाङलाई प्राप्त भए लगत्तै नेपाली तथा इन्डोनेसियन गरि १२ जना श्रमिकहरुको कोठा- कोठामा लोकेशन अनुसार र मलेसिया सरकारले जारी गरेको लकडाउनको पुर्णरुपमा पालन गर्दै संस्थाका कोषाध्यक्ष देब धामी सहितको टिमले खाद्यन्न सामाग्री बितरण गरिएको छ ।


यो सक्रियताको उच्च सम्मान सहित कमल गुरुङ ,जीवन गैह्रे, बालकृष्ण भन्डारी देब धामी,प्रीतम मगर लगाएत संस्थाका सदस्य तथा सहयोगीहरुलाई जनद्वार केन्द्र मलेसियाले धन्यवाद समेत दिएको छ ।
मलेसियामा कोरोना भाइरस कोडिभ-१९ काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ। याे समाचार तयार पार्दासम्म मलेसिया सरकारले जारि गरेको तथ्यांक अनुसार हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या ८९ रहेकाे छ । ५ हजार ४२५ जनामा संक्रमण रहेकाेमा ३ हजार २९५ जनाले स्वास्थ्य लाभ गरेका छन ।मलेसिया सरकारले जारिको लडाउन अप्रिल २८ तारिख सकिदै छ त्यसपछि लडाउन लाई थप्ने वा नथप्ने सरकारले हाल कुनै निर्णय गरेको छैन ।