मलेसियामा एमसिओ उलंघन गर्दै फुटबल खेल्ने १६ जना नेपाली पक्राउ।

क्वालालम्पुर ( मलेसिया ):= मलेसियाको पेनाङमा अवस्थित बटरवर्थ नजिकै पर्ने पेकान दारात सुङ्गाइ दुवा भन्ने ठाउँमा फुटबल खेल्ने क्रममा १६ जना नेपाली श्रमिकलाई पक्राउ गरिएको छ।

मलेसियामा यतिबेला कोरोना भाइरस नियन्त्रण गर्ने भनेर आवागमन नियन्त्रण आदेश,मोभमेन्ट कन्ट्रोल अर्डर (एमसिओ) अप्रिल २८ तारिखसम्मको लागि लागु गरिएको छ। यस अवधीभित्र १ जना भन्दा बढिको समुहमा अतिआवश्यक काम बाहेक बिना कामको यताउता हिलडुल गर्न कोठाबाहिर निस्के प्रहरीले पक्राउ गरेर मलेसियन रिंगेट १ हजार सम्म जरिवाना , ३ महिनासम्म जेल सजाय अथवा दुबै हुनसक्ने नियम बनाइएको छ।

यसै अवधीको बिचमा एक गोदाममा फुटबल खेल खेलिरहेको बेला १६ जना नेपाली श्रमिकलाई पक्राउ गरि प्रहरी हिरासतमा राखिएको सेम्बरांग पेराई जिल्ला प्रहरी प्रमुख सहायक आयुक्त नुरिकने मोहम्मद नूरले बताएका छ्न। स्थानीय सञ्चारमाध्यम हारियान मेट्रोले समाचारमा उल्लेख गरेका छ्न।
पक्राउ परेका नेपालीहरु एक जनाभन्दाबढिको समुहमा भेला भएर फुटबल खेलेको हुनाले संक्रामक रोगहरूको रोकथाम र नियन्त्रण ऐन १९८८ अन्तर्गत दोषी ठहरिएकालाई कडा कारवाही गरिने बताएका छ्न ।

एमसिओ उलंघन गरेको आरोपमा नेपाली संगै म्यानमारको नागरिक र मलेसियाको स्थानीय नागरिकहरु समेत पक्राउ परेको जनाइएको छ।
पक्राउ परेकाहरूलाई एमसिओ उलंघन गरेकोमा मलेसियन कानुन अनुसार सेक्सन १८६ प्यानलकोड , सेक्सन २६९ (११) १ को अन्तर्गत रहेर मुद्दा चलाइएको र छानबिन भैईरहेको बताइएको छ।