ब्यवसायी गोरख खवासले ४ जना नेपाली श्रमिकलाई गरे नि:शुल्क खाद्यान्न सामाग्री सहयोग।

[आरएन चौधरी थारु ]


क्वालालम्पुर ( मलेसिया ):= मलाया खवरको माध्यमबाट कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली कामदारहरु भोकभोकै नपरुन भन्ने उदेश्यले नि:शुल्क खाद्यान्न सामाग्री बितरण अभियान सञ्चालनमा छ्न।

खाद्यान्न सामाग्री सहयोग अभियानकै क्रममा बिगत लामो समयदेखि मलेसियामा बसेर ब्यापार , ब्यवसाय गर्दैआइरहेका समाजिक ब्याक्तित्व गोरख खवासले खाद्यान्न अभाव झेलिरहेको ४ जना अबैधानिक नेपाली श्रमिकलाई खाद्य सामाग्री ३० किलो चामल , नुनतेल , तरकारी , खाना पकाउन प्रयोग गरिने ग्याससिलिन्डर आदिइत्यादी खाद्यान्न सामाग्री नि:शुल्क उपलब्ध गराएका छ्न ।

मलेसियाको साहआलममा बस्दै आईरहेका ति नेपाली कामदारहरुलाई कम्पनीले कोरोना नियन्त्रण गर्ने भनेर जारि गरिएको आवागमन नियन्त्रण आदेश (मोभमेन्ट कन्ट्रोल अर्डर ) को कारण कामबाट निकालीदिएका छ्न।
मलाया खबरसंगको टेलीफोन बार्ताको क्रममा ति नेपालीहरुले बोल्दै भने कि ” डेढ महिनादेखि बेरोजगार भएको छु , प्राय हामि नेपालीको बानी छ्न महिनैपिच्छे नेपाल घरमा पैसा पठाउने , हामि पनि त्यसै गरेकोले अहिले पैसा नभएर खाद्यान्न अभाव झेलिरहेको थियौं । अब नेपाल बाट खानाको लागि पैसा यता हाल्न लगाम भने बैंक बन्द छ्न त्यसैले सार्है अपठ्यारो भएर तपाईंहरु समक्ष सहयोगको याचना गरेको हु भने उनिहरुले ।”

यि समस्याको बारे गोरखले जानकारी पाए लगतै उनिहरु बस्ने ठाउँमै पुगेर  खाद्यान्न सामाग्री सहयोग गरेको जनाइएको छ।
मलाया खबरले चालेको यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा कुनै नेपाली नागरिकलाई सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888/ +601111877340 /+60127549850