क्वालालम्पुर ( मलेसिया ):= अन्ततः मलेसियामा पुनः ३ जना नेपालीमा काेराेना संक्रमण रहेको पुष्टि भएकाे छ ।
मलेसियन सरकारकाे स्वास्थ्य मन्त्रालयकाे अफिसियल वेबसाईट र ट्विटरमा उल्लेख गरिएअनुसार मलेसियामा रहेका ६०१ जना मध्यमा ३ जना नेपालीहरु रहेको बताइएको छ।
जानकारी अनुसार सबैभन्दा बढि ईन्डाेनेसिया देशका नागरिक- १०८ जना, फिलिपिन्स -१०४ जना, बङलादेशी-६३ जना, भारतीय -६० जना, पाकिस्तानी -५१ जना रहेका छन, भने बांकी अन्य मुलुकका नागरिक संक्रमित रहेकाे समाचारमा जनाइएको छ। यिनिहरु मध्य कतिपय आप्रवासी श्रमिक , पर्यटक र शरणार्थी समेत रहेकाे उल्लेख गरिएकाे छ।


नेपाली संक्रमितहरूमध्येमा कतिपय बिरामीहरु उपचार सकिएर निकाे भएर काममा फर्किएपनि बाकिकाे बिषयमा आधिकारिक जानकारी आउन बाकिनै रहेको जनाइएको छ।
हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ८६ पुगेकाे छ । मलेसियामा ५ हजार २ सय ५१ जनामा संक्रमण देखिएकाेमा २ हजार ९ सय ६७ जनाले स्वास्थ्य लाभ लिइ घर फर्किसकेका छ्न।



















