मलेसियामा कोरोना भाइरस:८६ जनाको मृत्यु , ५ हजारबढि संक्रमित।

क्वालालम्पुर ( मलेसिया ):= अहिले बिश्वब्यापी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरसको संक्रमणले मलेसियामा पनि ८६ जनाको मृत्यु भएको र ५ हजार २ सय ५१ जना संक्रमित फेला परेका छ्न ।

सरकारले गएको महिना मार्च १८ तारिखदेखि नै कोरोनालाई मलेसियामा नियन्त्रण गर्न , अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर , आवागमन नियन्त्रण आदेश (mco) अप्रिल २८ तारिखसम्मको लागि जारी गरिसकेको छ।

मलेसिया स्थित स्वास्थ्य मन्त्रालयको जेनेरल डाइरेक्टर दातोक डाक्टर नुर हिजाम अब्दुलाहले नियम प्रेस बिज्ञप्ति मार्फत जनाए अनुसार कोरोनाको कारण अहिलेसम्म यहाँका विभिन्न राज्यहरुमा गरेर आज शुक्रबारसम्म आईपुग्दा ८६ जना नागरिकले ज्यान गुमाईसकेको बताएका छ्न। २ हजार ९ सय ६७ जना अस्पतालमा उपचाररत रहेका कोरोना संक्रमितहरु उपचार सकिएर सकुशल घर फर्किसकेका छ्न।


यो समाचार तयारपार्दासम्ममा कोरोनालेे विश्वभरि १ लाख ४७ हजार ३ सय ७८ जना मानिसको मृत्यु र २१ लाख ९३ हजार ५ सय ५८ जनामा संक्रमण फेला परेको तथ्यांक विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेका छ्न ।