NRNA जोहोर राज्य समितिद्वारा ३ जना नेपाली श्रमिकलाई नि:शुल्क खाद्यान्न सहयोग।

क्वालालम्पुर ( मलेसिया ):= मलाया खवरद्वारा कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली श्रमिकहरु खाद्यान्न अभावको कारण,आर्थिक अभावको कारण भोकभोकै नपरुन,खाद्यान्न अभावको झन्झट झेल्न नपरोस् भन्ने उदेश्यले एक नेपालीले अर्को नेपाली लाई समस्या पर्दा सहयोग गर्ने अभियान संचालन गरि खाद्यान्न अभाव भएका नेपाली हरुलाइ सेवा पुर्याउने उदेश्य लिई नि:शुल्क रुपमा खाद्यान्न उपलब्ध गराईरहेका छ्न।

खाद्यान्न सामाग्री सहयोग गर्नेक्रममा गैर आवाशिय नेपालीसंघ (NRNA) क्षेत्रीय समिति जोहोरले ३ जना नेपाली श्रमिकलाई खाद्यान्न सामाग्री नि:शुल्क सहयोग गरेका छन।
शुक्रबार एनआरएनए जोहोर राज्य समितिका सचिव अर्जुन सिंह अनुरागीले जोहोरबारुको तामानगम्भीरामा बस्ने ति नेपालीहरुको रुममै पुगेर खाद्यान्न सहयोग गरेका छ्न।

नेपाल ठेगाना डडेल्धुरा , सप्तरी , हेटौंडा घर भएका ति नेपालीहरु गत महिना मार्च २५ तारिख नेपाल फर्किने तयारीमा रहेका थिए तर मलेसियामा जारि मोभमेन्ट कन्ट्रोल अर्डरको कारण हवाईउडान ( फ्लाइट ) स्थगित भएर भिसा सकिएर अलपत्र अवस्थामा रहेको जनाइएको छ।
घर जाने तयारीमा रहेका ति नेपालीहरु कार्यरत कम्पनीसंग श्रम सम्झौता सकिएर अहिले खाद्यान्न र आर्थिक अभाव झेलिरहेका थिए ।

मलायाखबरले खाद्यान्न सामाग्री सहयोग अभियान चालेको थाहा पाए लगतै ति नेपालीहरुले टेलिफोन सम्पर्क गरेर सहयोगको याचना गरेका थिए , लगतै एनआरएनए जोहोर समितिले उनिहरुलाई नि:शुल्क खाद्यान्न उपलब्ध गराइ सहयोग गरेका छ्न ।
यस् अभियानमा कोहि जोडिन चाहनुहुन्छ भने अथवा मलेसियामा कार्यरत कुनै नेपाली नागरिकलाई समस्या परेको कारण सहयोग चाहिएको हो भने निम्न मोबाईल नम्बरहरुमा फोन गरेर अथवा ह्वाट्सएप मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। +60147488888/ +601111877340 / +60178062545/ +60127549850