कतार सरकारले को;रोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने नियम ल्याएको छ । को;रोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न र काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती गर्न नपाइने निर्णय गरेको हो ।
काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन पर्ने कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ। क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि आधरभूत तलब सुविधा पाउनेछन् ।
तर अहिलेको करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनु पर्ने बाँकी तलब र सुविधा सहित हवाई टिकट समेत उपलब्ध गराउनु पर्ने नियम छ ।
तर करार सम्झौता रद्द गरिएका श्रमिकको हकमा पनि देश फर्कने प्रक्रिया पूरा नहुँदासम्म खानेबस्ने सुविधा रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।श्रम मन्त्रालयले बुधबार गरेको वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन सम्बन्धी वक्तव्यमा यी नियम उल्लङ्घन गर्ने कम्पनीलाई कारबाही हुने जनाइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कतार स्थित नेपालीदुतावासले आफ्नो अफिसियल फेसबुक पेज मार्फत सार्वजनिक गरेको सुचना यस्तो छ्न :
१. कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले हिजो (१५ अप्रिल) जारी गरेको “वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन” सम्बन्धी वक्तव्यामा कतारमा रहेका नेपाली कामदारहरुलाई उपयोगी हुने मुख्य मुख्य प्रावधानहरू निम्नानुसार रहेको छ:-
-हालको अवस्थामा सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्नका लागि कामदार र रोजगारताताबीचको सहकार्य अत्यन्त आवश्यक भएको।
- COVID-19 रोकथामका प्रयास अनुरूप सरकारी निर्देशनमा सेवा वा काम बन्द भएका क्षेत्रहरूको दीर्घकालीन निरन्तरताका लागि वर्तमान संकटलाई मध्यनजर गर्दै रोजगारदाता र श्रमिकबीच आपसी सहमतिमा बेतलबी बिदा, वार्षिक बिदा लिने वा कार्य समय घटाउने सहमति गर्न सकिने तथापि खाने बस्ने सुविधा कटौती गर्न भने नपाइने ।
- काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमित रूपमा करारअनुसार आधारभूत तलब सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने ।
- क्वारेन्टिनमा परेका वा संक्रमित भई उपचाररत रहेका कामदारले बिरामी बिदा उपलब्ध भए पनि वा नभए पनि आधारभूत तलब सुविधा पाउने ।
- हालको सम्झौताको आधारमा र प्रचलित कानूनको अधिनमा रही रोजगारदाताले सम्झौता मुताविक पूर्व सूचना दिई रोजगार सम्झौता रद्द गर्न सक्ने । यसो गर्दा कामदारले पाउनुपर्ने बाँकी सरसुविधा उपलब्ध गराउनुका साथै हवाइ टिकट उपलब्ध गराउनुपर्ने ।
-सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रकृया पूरा नहोउन्जेलसम्म खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने ।
- कुनै कम्पनीले माथि उल्लिखित मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको पाइएमा कतारको कानुनअनुसार कानुनी कारवाही अगाडि बढाइने।
-कार्यक्षेत्र, आवास वा श्रम सम्बन्धि समस्या परेमा मन्त्रालयको हटलाइन (40280660) मा सम्पर्क गर्ने वा आफ्नो कतार आइडी वा भिसा नंको अगाडि ५ थपी 92727 मा SMS पठाउनुपर्ने र सो गुनासोको तुरुन्त सुनुवाइ हुने। यो सेवा विभिन्न भाषामा उपलब्ध रहेको र २४ सै घण्टा खुल्ला रहने।
२. कतारमा कोरोना संक्रमणको पछिल्लो अवस्था
- कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले बिहिवार प्रकाशित गरेको सूचना अनुसार कतारमा कोरोना भाइरस (Covid-19) सम्बन्धी विवरण निम्नबमोजिम रहेको छ :
- १. स्वास्थ्य परिक्षण गरिएको संख्या: ५६,३८१(पछिल्लो २४ घण्टाभित्र १८९७ जना)
- २. पहिचान भएका संक्रमितको संख्याः४,१०३ (पछिल्लो २४ घण्टाभित्र ३९२ जना)
- ३. स्वास्थ्योपचार गराईरहेको संख्या: ३,६८१ जना।
- ४. पूर्ण रुपमा स्वास्थलाभ गर्नुहुनेहरुको संख्या: ४१५ (पछिल्लो २४ घण्टाभित्र ९ जना)
- ५. COVID-19 बाट हालसम्म मृत्यु हुनेको संख्या: ७ जना



















