लकडाउन कार्वानयन गराउन गाउँमा ‘भूत’ परिचालन।

एजेन्सी := कोरोना भाइरस (कोभिड–१९) को महामारी रोक्न विश्वका धेरै अन्तर्राष्ट्रिय देशले लकडाउन जारि गरेका छन् । तर लामो समयसम्म लकडाउन पालना गराउन सजिलो छैन । इन्डोनेसियाको सरकारले जावा राज्यमा अवस्थित केपुह गाउँमा भने लकडाउन पालना गराउन अनौठो जुक्ति निकालेका छन। पछिल्लो केही समययता जुनेली रातमा सेतो कपडा लगाएर इन्डोनेसियन भाषामा ‘भूत’ लाई पोचोङ भन्ने गर्दछन , ति भूतहरु सडकमा देखिन थालेको द-साउथ चाइना मर्निङ पोष्टले समाचारमा उल्लेख गरेका छन।

जावाटापुमा अन्धविश्वास मान्ने मानिसरुलाई घरमा नै राख्न स्वयंसेवकहरुलाई पोचोङ ‘भूत’को रुपमा परिचालन गरिएको छ । सामाजिक दूरी कायम राख्न प्रहरीसँग मिलेर यो योजना ल्याइएको गाउँको युवा समूहका प्रमुख अन्जर पंकानिङटिएस बताउँछन् । उनीहरुले ‘पोचोङ’ को प्रयोग गरेर मानिसलाई घरबाट निस्किन डर देखाइरहेका छन् । इन्डोनेसियामा पोचोङ मानिसको ‘भूत’को प्रतीक हो । यो भूत सेतो कपडाले बेरिएको, अनुहारमा पाउडर दलेको र कैलो किसिमको आँखा भएको हुने विश्वास गरिन्छ ।

इन्डोनेसियामा चार हजार पाँच सयभन्दा बढीमा संक्रमण भएको छ भने ३९९ जनाको मृत्यु भएको  छ । इन्डोनेसियाका अनुसन्धानकर्ताहरुले कोरोना भाइरसका कारण मुलुकभर संक्रमितको संख्या १५ लाख नाघ्नसक्ने र उनीहरु मध्ये एक लाख ४० हजारभन्दा धेरै मानिसले ज्यान गुमाउन सक्ने चेतावनी दिइसकेको छ । तर धेरैले सामाजिक दूरी कायम गर्न मानिरहहेका छैनन् । मानिसमा कोरोना भाइरसबारे चेतना नभएकाले पनि घरमा नै राख्न कठिन भइरहेको अभियान्ताहरु बताउँछन् ।
केपुहमा अपनाइएको जुक्तिले भने काम गरेको छ । मानिसहरु साँझको प्रार्थना सकेपछि आफ्ना बालबालिकालाई घरभित्रै राख्न थालेको स्थानीय कर्नो सुपाडमा बताउँछन् ।