खाद्यान्न अभाव झेलीरहेका नेपालीलाई तमु समाज मलेसियाद्वारा नि:शुल्क खाद्यान्न सहयोग।

मलाया खवरद्वारा कोरोना भाइरसको यस् बिपत घडीमा मलेसियामा रहेका नेपाली श्रमिकहरु खाद्यान्न अभावको कारण,आर्थिक अभावको कारण भोकभोकै नपरुन,खाद्यान्न अभावको झन्झट झेल्न नपरोस् भन्ने उदेश्यले एक नेपालीले अर्को नेपाली लाई समस्या पर्दा सहयोग गर्ने अभियान संचालन गरि खाद्यान्न अभाव भएका नेपाली हरुलाइ सेवा पुर्याउने उदेश्य लिई नि:शुल्क रुपमा खाद्यान्न उपलब्ध गराईरहेका छ्न।

नि:शुल्क खाद्यान्न उपलब्ध गराई सहयोग गर्ने क्रममै यसै अभियानमा जोडिनु भएका नेपाल तमु समाज मलेसियाले समेत दुई जना नेपाली कामदारको लागी खाद्यान्न सामाग्री सहयोग गरेका छ्न ।
बिगत दुई बर्षदेखि अबैधानिक रुपमा चेरास ब्लाकोङ भन्ने ठाउँमा अवस्थित एक फर्निचर कम्पनीमा काम गर्दै आईरहेका बाजुरा जिल्ला निवासी ति नेपाली कामदारहरु कार्यरत कम्पनी अहिले मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डरको कारण गत महिनादेखि नै कामधाम ठप्प रहेको अवस्था छ्न ।

( नि:शुल्क उपलब्ध गराइएको खाद्यान्न सामाग्रीको तस्बिर )

ती नेपालीहरुले मलाया खबरसंगको टेलीफोन वार्तामा आफुले लकडाउनको कारण भोग्नु परेको दु:ख सुनाउदै भने कि “हामीसंग भएको आर्थिक रकम समेत सकिएको र खाद्यान्न किन्न जान टाढाको यात्रा तय गर्नुपर्ने फ़ेरि बाटोमै पुलिसले समात्ने डरले बाहिर निस्कन समेत अप्ठ्यारो लाग्ने गरेको बताए ” उनिहरु केहि दिनअगाडी खाद्यान्न सहयोगको लागी याचना गरेका थिए , लगतै नेपाल तमु समाज मलेसियाका महासचिव दिल त्हार तमु ले उनिहरु बस्ने ठाउँमै पुगेर खाद्यान्न सामाग्री सहयोग गरिसकेको जनाइएको छ।

साथै नि:शुल्क खाद्यान्न पाउने ती नेपालीहरुले यहाँ मलेसियामा समस्यामा परेकालाई सहयोग गर्ने अभियानमा लाग्नु भएका सम्पुर्ण सहयोगीदाताहरुलाई मलाया खबरको म्यासेन्जर मार्फत एसएमएस गरेर धन्यवाद प्रकट गरेका छ्न ।