स्यालुट ती ससस्त्र प्रहरीजवान लाई,जसले फ्रि मा माक्स बितरण गरे।

काठमाडौं := काठमाडौं सतुङगल चोकमा रिन गाडेर सानो पसल सञ्चालन गर्दै अाएका एक जना सुरक्षाकर्मी प्रहरी जवान एउटा झोलामा माक्स बोकेर बाडिरहेका हुन्छन् । एसो झट्ट हेर्दा बन्दको मौका मिलएर ब्यापार गर्न लागेको जस्तो देखिन्छ । तर बास्बिकता अलिक पृथक र फरक छ ती झोलामा माक्स लिएर हिडेका प्रहरी जवान नि:शुल्क माक्स बितरण गर्दै सचेतना फैलाइरहेका हुन्छन् ।

सुरक्षाकर्मिको रुपमा काम गर्दै आएका कालिकोट दाहाँ का ससस्त्र प्रहरिबल का हल्दार बलिराज साही एतिबेलाको यो महामारी ले विश्व भरीकै मान्छे लाई ततङ्गित पार्दा आफ्नो डिउटी समयमा बिना माक्स हिडिरहेका सबैलाइ नि:शुल्क माक्स बितरण गरिरहेका हुन्छन्।

आफ्नो सानो पसल थियो केही माक्स हरु स्टक थिए अहिले यो महामारीको बेला राज्यको जिम्मेवार नागरिक भएका हैसियतले जनचेतना फैलाउदै माक्स दिने गरेको छु उन्ले बताए राज्यका सबै नागरिकले यो बिपत मा राज्य प्रती सकारात्मक भएर सहयोग गरे मात्रै यो महामारी लाई जित्न सकिन्छ उनले बताए।