NRNA मलेसियाद्वारा खाद्यसामाग्री सहयोग/समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्ने।

गैरआवासीय नेपाली संघ ( NRNA ) मलेसियाले बन्दका कारण विभिन्न ठाउँमा हवाई टिकट रद्ध भइ मलेसियामा रहदै आएका , भिसाको म्याद सकिएर बसेका , अबैध रुपमा काम गर्दै अएका खाद्यान्न सामाग्री समस्या झेलिरहेका नेपाली कामदारहरुलाइ खाद्य सामाग्री उपलब्ध गराइएको छ।

गैरआवासीय नेपाली संघ मलेसियाले NCC राहत कोष स्थापना गरि अफ्ठ्यारोमा परेका जो कोहि नेपाली कामदार लाई सहयोग गर्ने भएको छ। सोमबार एक सुचना जारी गर्दै अशक्त अपाङ्ग अङ्गभङ्ग भएमा मृत्यु भएमा कम्पनीले नहेरेको खण्डमा दाहसंस्कार को लागि नेपाल पठाउन सहयोग गर्ने सुचनामा उल्लेख छ।

मलाया खवर द्वारा बिपत मा कुनैपनी नेपालि खाद्यान्न अभाव भइ भोक भोकै नपरुन भन्ने उदेश्यले एक नेपाली ले अर्को नेपाली लाई समस्या पर्दा सहयोग गर्ने अभियान संचालन गरि खाद्यान्न अभाव भएका नेपाली हरुलाइ सेवा पुर्याउने उदेश्य लिइ चलाइएको अभियानमा समेत गैरआवासीय नेपाली संघ मलेसिया ले साथ दिने भएको छ ।