नेपालमा बैशाख ३ गतेसम्मको लागी लकडाउन थपियो।

बिश्वब्यापी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरस ( कोभिड -19 ) नियन्त्रण गर्न नेपाल सरकारले थप एक साता लकडाउन लम्ब्याउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३ गतेसम्मको लागी लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो। यसअघि आइतबार बसेको कोभिड-१९ कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउन थप्न गर्नुपर्ने निर्णय गरेको थियो।

सरकारले चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गतेसम्म लकडाउन गरेको थियो। पहिलो चरणको लकडाउन पछि फेरि सरकारले चैत २५ गते राति १२ बजेसम्मलाई लकडाउन लम्ब्याएको थियो। योसँगै लकडाउनको समय थपेको सरकारले तेस्रो पटक हो।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ।