कोविड १९ नियन्त्रणमा विश्व राजनीतिक प्रयास

कोविड १९ भाइरसले मानव सभ्यतालाई चुनौती दिदै २०२० शुरुमै विश्वलाई आक्रान्त बनाएको छ । एक्काइसौ शताव्दीको उदाउंदो शक्तिराष्ट्र चीनको वुहान शहरबाट सन् २०१९ को डिसेम्बर १० मा यो प्रकोपको उत्पति भएता पनि छोटो समयमानै यसले विश्वव्यापी रुप लिइसकेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो संक्रमणबाट यो लेख तयार गर्दासम्म करिब १० लाख १६ हजार मानिसहरु संक्रमित भैसकेका छन् भने ५३ हजार भन्दा बढीको ज्यान लिएर विश्व समुदायलाई नै आतंकित बनाएको छ । केही व्यक्तिहरु संक्रमणबाट मुक्त भए पनि ठुलो संख्या संक्रमणबाट गुज्रिरहेको छ । त्यस्तै दैनिक हजारौको संख्यामा संक्रमित र मृतकको संख्या थपिने क्रम जारी छ । हालसम्म कोविड १९ बाट संक्रमितमध्ये करिब ५।२ प्रतिशतको हाराहारीमा मृत्युदर रहेको तथ्यांक छ । यसले अतुलनीय मानवीय क्षतिका साथै आर्थिक, सामाजिक र मनोबैज्ञानिक लगायत विभिद पक्षलाई असर गरेको छ । संयुक्त राष्ट्रसंघले यो संक्रमणबाट जन्मिएको अहिलेको परिवेशलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो विपत्तिको घोषणा गरिसकेको छ । ‘ग्लोबल भिलेज’ रुपी यो विश्वलाई तिब्र गतिका यातायातका साधनबाट सिर्जित यो संक्रमणले मानव सभ्यतालाई कहाँ पु(याउने हो, आकलन गर्न कठीन छ ।

कोविड १९ को संक्रमण स्थल वुहान शहरबाट नजिकैका चीनका बेइजिंग, संघाई जस्ता शहरहरु कम आक्रान्त हुनु तर १२००० किमी भन्दा टाढाका अमेरिका तथा यूरोपेली मूलुकहरू अत्यन्त आक्रान्त भएको परिवेशले सबैलाई अचम्मित पारेको छ । यसले कतै यो जैविक हतियार त होइन भनेर विश्व समुदायले प्रश्न खडा गरेको छ । चीन र अमेरिका जस्ता महाशक्तिहरु अहिले यसलाई लिएर एकले अर्कोलाई आरोप प्रत्यारोप गरिरहेका छन् । चीनले एकातिर यसलाई अमेरिकाले बनाएको जैविक हतियार भन्छ भने अमेरिकी रास्ट्रपतिले यसलाई चाइनिज भाइरस भनेर दोष लगाउने गरेका छन् । विश्वका हिजोका शक्ति राष्ट्रहरुको शक्ति सन्तुलनमा नै यसले फेरबदल ल्याउन सक्ने जस्ता तर्क पनि आउन थालेका छन् ।

विभिन्न मुलुकहरु यो संक्रमणको नियन्त्रणका लागि आ(आफ्ना रणनीतिबाट प्रयास गरिरहेका छन् । हालसम्मको यसको प्रवृति हेर्दा कुनै राष्ट्र यो संक्रमण नियन्त्रण गर्न सफलतातर्फ उन्मुख छन् भने कुनै राष्ट्रमा असफलताको संकेत देखिइरहेको छ । अहिले विश्वको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रित छ । आउने केही सातामा विश्वका विभिन्न मुलुकले गर्ने नीति तथा कार्यान्वयनको प्रभावकारिताले भोलिको आर्थिक, सामाजिक, सास्कृतिक र मानव स्वास्थ्यलाई नयाँ स्वरूप प्रदान गर्ने देखिन्छ । हाल विकसित, सम्पन्न, दक्ष जनशक्ति र राम्रो स्वास्थ्य सेवा भएका अमेरिका र युरोपियन मुलुकलाई समेत कोविड(१९ को संक्रमण नियन्त्रण गर्न कठिन भैरहेको छ । विभिन्न मुलुकमा हालसम्म कोविड(१९ संक्रमण र नियन्त्रण प्रयास छोटकरीमा प्रस्तुत गरिएको छ ।

चीनमा हालसम्म करिब ८२ हजारको हाराहारीमा कुल कोरोना संक्रमित देखिएका छन् । त्यस्तै करिब ३३०० जनाले ज्यान गुमाएका छन् । संक्रमितहरु मध्ये ७६ हजार जना उपचार गरी घर फर्किसकेका छन् भने २५०० जनामात्र हाल उपचाररत छन् । चीन सरकारको कडा निर्देशनले संक्रमित क्षेत्रलाई २ महिनासम्म पूर्ण लक्(डाउन गर्दै रातारात १००० बेडसम्मका अस्पताल निर्माण गरेर स्वाथ्यकर्मी, सुरक्षाकर्मी परिचालन गर्दै, जनतालाई घरभित्र नै बस्न आवाहन गर्दै संक्रमित सबैलाई उपचार मार्फत संक्रमण नियन्त्रणमा सरकार सफल भएको थियो । चीनले आफ्नो महामारीलाई परास्त गर्दै अहिले अन्य व्यापारका साथै स्वास्थ्य सामग्रीका व्यापार गरि अर्थतन्त्रलाई अघि बढाउन शुरु गरिसकेको छ । आफ्ना डाक्टरहरुलाई विभिन्न मुलुकमा कोविड १९ नियन्त्रणमा पठाएर मानवीय सहयोगको हात बढाउन थालेको छ । यसरी चीन लक्(डाउनको रणनीति मार्फत कोविड १९ नियन्त्रणमा सफलताको नजिक पुगि लक्(डाउन अन्त गरी सामान्य जीवनतर्फ फर्किन थालेको अवस्थामा अहिले पुन दोस्रो चरणको प्रकोप बढ्न सक्ने हेनान प्रान्तलाई पूर्ण लक् डाउन गरेको छ । यसले चीनलाई थप चुनौती सिर्जना गरेको छ ।

इटाली

अहिलेसम्मको तथ्यांक अनुसार इटालीमा विश्वको सबैभन्दा बढी अर्थात १३९१५ मानिसहरुको मृत्यु भैसकेको छ भने कुल ११५२४२ भन्दा बढी संक्रमित भएका छन् । यहाको संक्रमितहरुको मृत्युदर विश्वको सबैभन्दा बढी अर्थात् करिब १२।१ प्रतिशत पुगेको छ जुन अत्यन्त बढी हो ।प्रारम्भिक अवस्थामा विज्ञहरुले सुझाव दिएको भएता पनि नागरिक तथा सरकारी अधिकारीहरुले बेवास्ता गरेको कारण विकराल अवस्था आएको हो भनी अहिले यहाको विश्लेषण गरिदैछ । इटालीको लोम्बर्दी राज्यको राजधानी मिलान भन्ने शहरमा सार्वजनिक हातेमालो कार्यक्रममा राजनीतिज्ञहरूले भाइरसको कारण अर्थव्यवस्थामा रोकावट आउन नहुने तर्क दिएका थिए । त्यस्तै त्यहाँ कोविड(१९ को संक्रमणको आतंक शुरु हुँदा पनि त्यहाँ खेलिने क्लबका कार्यक्रमहरु नरोकेकोले पनि यो अवस्था आएको हो ।

इटालीमामहामारी फैलिन थालेपछी भने सरकारले लक्(डाउन गरेतापनि सो समयमा पनि त्यहाँका जनताहरुले रेस्टुरेन्टमा खाने, सपिंग महलहरुमा किनमेल गर्ने तथा पार्टी गर्न छाडेनन् र पछी लक्(डाउनलाई कार्यन्वयन गर्न सेना परिचालन गर्नुपर्यो । इटालीलाई तहसनहस गर्ने गरी कोरोनाको कारण मृत्यु भएका लासहरुलाई अन्तिम सस्कार गर्ने ठाउं नभएर मुर्धाघर र चर्चहरुमा राखिएका समाचारहरु पनि आइरहेका छन् ।

हालको अवस्थामा त्यहाँको सरकार हतास मानसिकतामा पुगेको छ र संक्रमण नियन्त्रण गर्न अन्तर(राष्ट्रिय स्तरमा सहयोगको हात फैलाइरहेको छ । यहाँको सरकारले बाच्ने सम्भावना बढी भएकालाई उपचारमा प्राथमिकता दिदा बृद्धहरुको उपचारमा कमी आई मर्न सक्ने सम्भावना बढ्दो छ । यो संक्रमणलाई दोस्रो विश्व(युद्ध पछिको इटालीको सबैभन्दा ठूलो संकटको रुपमा लिइएको छ । त्यहाका नागरिकको जीवन बचाउने डाक्टर र नर्सलाई भगवानको संज्ञा दिन थालिएको छ ।तर हजारौको संख्यामा डाक्टर र नर्स नै संक्रमित भइरहेको अवस्थाले नागरिकमा त्रास झन् बढ्दैछ ।त्यहाँ अब सामान्य अवस्थामा मुलुक आउन लामो समय लाग्ने निश्चित छ ।

अमेरिका

संयुक्त राज्य अमेरिकामा बिश्वको सबैभन्दा बढी २ लाख ४५ हजारको हाराहारीमा कुल संक्रमित छन् भने ५९८३ जनाले मृत्युबरण गरिसकेका छन् । यहाँका प्राय सबै राज्यहरुमा संक्रमण फैलिसकेको छ। अमेरिकाको न्युयर्कमा सबैभन्दा बढी संक्रमित रहेका छन् । चौबिसै घण्टा व्यस्त रहने भनेर परिचित यो शहर अहिले कुम्भकर्ण जस्तो निदाएर मानबबिहिन जस्तो लाग्न थालेका समाचारहरु आइरहेका छन् ।

शुरुका दिनमा कोविड(१९ को परीक्षणलाई व्यापक तथा प्रभावकारी बनाएर नै संक्रमण नियन्त्रण गर्ने रणनीतिमा अमेरिका लाग्यो । संक्रमित व्यक्तिहरु धमाधम पहिचान गरेर उपचार मार्फत नियन्त्रण गरिने कुरा गरियो । तर यो रणनीतिले काम गरेन । त्यहाँका मानिसहरुको घरमा खाना नखाई होटल रेस्टुरामा खाने, बारमा जाने, एक आपसमा अंकमाल गरी सामाजिक दूरीलाई बेवास्ता गर्ने, अन्तरराष्ट्रिय उडान कायम राखी संक्रमितहरु भित्रिरहने र सामान्य अवस्था दैनिक कार्य अगाडी बढाइएको कारण सायद यो अवस्था आएको हो । अहिले दैनिक रुपमा हजारौको संख्यामा संक्रमितहरु पत्ता लाग्ने र मृत्यु हुने गरेकोले जनमानस त्रसित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शंकी र निरंकुश शैली तथा बिचलित मानसिकताको कारण यहाँ रकेटको गतिमा कोविड(१९ संक्रमितको संख्या बढ्दै गएको छ ।यहि गतिमा बढ्दै जाने हो भने अमेरिका धराशायी बन्ने सम्भावना छैन भन्न सकिदैन ।

ट्रम्प प्रशासनले फैलिदो संक्रमण रोक्ने रणनीति लिनु पर्नेमा महामारीको रुप लिइसक्दा पनि मानवीय समबेदनासम्म पनि नदेखाएको समाचारहरु प्रकाशित भइरहेका छन् । राष्ट्रपति बिचलित भएर आफ्ना भनाइहरु फेरिरहेका छन्। रोग फैलिनु र राष्ट्रपतिले बोलि फेरिरहनुले अमेरिका दर्दनाक अवस्था तर्फ मोडिइरहेको विज्ञहरुको भनाइ छ ।राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ३० तारिखका दिन ५ जना मात्र संक्रमित हुँदा संक्रमण हाम्रो नियत्रणमा छ भन्ने बताएका थिए। त्यस्तै फेब्रुवरी २७मा उनले भाइरस आफै जादुमयी रुपमा हराएर जाने बताएका थिए । तर उनले मार्च ३० मा कोविड(१९ संक्रमणबाट अमेरिकामा हुने मृत्युलाई १ लाखमा सिमित गर्न सके हाम्रो सफलता हुनेछ भन्ने बताएका छन् । यसरी समय अन्तराल संगै कोविड(१९ ले महामारीको रुप लिइसक्दा पनि ट्रंप प्रशासनले यो संक्रमण प्रति बेवास्ता गरिरहेको छ । ट्रंपको दम्भ र शैली देखेर मानिसहरु उन्लाई उत्तर कोरियाका किम ज़ोंग(युनसंग पनि तुलना गर्न थालेका छन् । अमेरिकास्थित नेपालीहरु ट्रंप प्रशासनसंग बिश्वास नभई आफ्नो सुरक्षा आफै गर्ने बताउदै गरेको भनाइ आइरहेको छ ।

स्पेन

स्पेन इटाली पछिको दोस्रो बढी संक्रमित मुलुक हो । हालसम्म त्यहाँ ११२०६५ जना संक्रमित भएका छन् भने १०३४८ जनाको मृत्यु भइसकेको छ । संक्रमण रोक्न स्पेनमा लामो समयदेखि लक्(डाउनको अवस्था जारी छ । यहाँ अत्याबश्यक बाहेकका सम्पूर्ण कार्यालयहरु बन्द छन् । मानिसहरुलाई बाहिर हिड्न मनाही गरिएको छ । हाल आएर स्पेनले लक्(डाउनलाई प्रभावकारी बनाउन हेलीकप्टरबाट निगरानी गरेको समाचारहरु पनि आएका छन् ।स्पेनले लक्(डाउन शुरु गर्दा जनस्तरमा सोको उल्लङ्घन गरेकोले कोविड(१९ को संक्रमण फैलिएको भनी यहाँ चर्चा हुने गरेको छ ।संक्रमण पढ्दै जाँदा निजि अस्पतालहरुले राम्रो कार्य सम्पादन नगरेकोले ती अस्पतालहरुलाई राष्ट्रियकारण गरिएको छ । स्पेनको राजधानी म्याड्रिड शहरमा ८० प्रतिशतसम्म मानिसहरुलाई कोविड(१९ ले संक्रमित गर्न सक्ने खतरा रहेको अधिकारीहरु बताउंछन् ।

जर्मनी

जर्मनीमा हालसम्म ८४७९४ जना संक्रमित र ११०७ जनाको मृत्यु भएको छ । त्यहाँ सरकारले संक्रमण लगतै महामारी घोषणा गर्दै लक्(डाउन गरेको थियो । तर जनताहरुले बिशेष गरी युवाहरुले कोरोना पार्टी भनेर भेला हुने काम गरिरहे । त्यहाँ वृद्धहरुलाई देख्दा कोराना कोरोना भनेर खिल्ली उडाएर त्यसलाई मजाक बनाए । लक्(डाउन उल्लघन गरेकोले चान्स्लरले दुइजना भन्दा बढी भेला हुन् नपाउने गरी प्रतिबन्धको घोषणा गरिन् र लक्(डाउनलाई प्रभाबकारी बनाउने प्रयास गरिन । उनि स्वयम् हाल सेल्फ(क्वारेन्टाइनमा छिन ।युरोपका अन्य देशभन्दा मृत्यु कम भए पनि यहाँ संक्रमितहरुको संख्या द्रुत गतिमा बढिरहेको छ ।यसैबीच जर्मनीका एउटा प्रान्तका अर्थमन्त्रीले सम्भावित आर्थिक संकटको त्रासले आत्महत्या गरेका छन् ।

फ्रान्स

फ्रान्समा हालसम्म ५९९२९ जना मानिसहरु संक्रमित भएका छन् भने ५३९८ जना को मृत्यु भएको छ । मार्च १७ देखि अप्रिल १५ सम्मको लागिफ्रान्स पनि अहिले लक्(डाउनको अवस्थामा छ । यहाँ नागरिकलाई घर बाहिर निस्कन प्रतिबन्ध गरिएको छ । अत्यावस्यक कामको लागि अनुमति लिएर मात्र जना पाउने नियम बनाइएको छ । यदि कसैले नियम उल्लंघन गरेमा त्यस्तो व्यक्तिलाई दण्ड स्वरूपआर्थिक जरिवाना गरिन्छ ।शुरुका दिनमा फ्रान्समा सरकारले लक(डाउनघोषणा गरिसक्दा पनि जनताहरुले यसको उलंघन गर्दै, डाक्टरको सुझावलाइ समेत लत्याउदै समुद्रमा रमाउन र रोग फैलाउने काम गरेर मुलुकलाई जोखिममा धकेलेका छन् ।

बेलायत

बेलायतमा हालसम्म ३४१७३ जना संक्रमित भएका छन् भने २९२६ जनाले मृत्युबरण गरिसकेका छन् । यसरी बेलायतमा पनि संक्रमणले जरा गाडिसकेको छ । बेलायतमा सामान्य रुघाखोकी लागेकालाई ७ दिनसम्म अनिवार्य घर बस्नुपर्ने, परिवारमा कसैलाई संक्रमणको लक्षण देखापरेमा अन्य सदस्यले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्ने, घर, स्कूल वा कार्यक्षेत्रमा हुने सामान्य सम्पर्क नगर्ने, ७० वर्ष माथिका सबैले घरमै रहेर अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने, विद्यालय र विश्वविद्यालयहरु बन्द गर्ने जस्ता नीतिहरु अवलम्बन गरिएको छ । हाल बेलायती महारानी एलिजावेथ दितिया संक्रमणको त्रासले बकिंगहम दरबार छोडी अन्यत्र बस्न थालेको समाचार पनि आएका छन् । त्यहाँका उच्च(स्तरका व्यक्तिहरु प्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा युवराज चार्ल्समा पनि कोरोना संक्रमण देखापर्नुले यहाँ संक्रमणले व्यापकता पाएको पुस्टि हुन्छ ।

इरान

मध्य पूर्वमा कोविड(१९ को प्रकोपबाट सबैभन्दा प्रभावित इरानमा हालसम्म ५०४६८ संक्रमित भएका छन् भने ३१६० जनाको मृत्यु भएको छ । इरानमा धार्मिक नेता सहित स्वास्थ्यमन्त्री, २४ जना सांसद कोविद(१९ बाट संक्रमित भएका थिए भने २ जना सांसदको मृत्यु समेत भएको थियो ।यहाँको सरकार लाखौ नागरिकहरु मर्न सक्ने त्रासमा छ । इरान हाल लक् डाउनको अवस्थामा छ । संक्रमित र मृत्यु हुनेहरुको संख्या बढ्दो भएकोले सरकारले यात्रा तथा पारम्परिक जमघटमा प्रतिबन्ध लगाएको छ ।त्यहाँका विद्यालय तथा विश्वविद्यालयको पठनपाठन बन्द छ । खेलकुद, सास्कृतिक र मनोरन्जनात्मक क्रियाकलापहरुलाई बन्द गरिएको छ । तर त्यहाका नागरिकहरु भने अप्रिल ३ सम्म चल्ने पर्सियन नयाँ वर्ष मनाउन क्यास्पियन सागर जाने क्रम जारी रहेकोले कोरोना भाइरसको दोस्रो चरणनिम्त्याउन सक्ने कुरा अधिकारीहरुले उल्लेख गरेका छन् ।

दक्षिण कोरिया

हालसम्मदक्षिण कोरियामा १००६२ जना संक्रमितभएका छन् र१७४जनाकोमृत्युभएकोछ। त्यस्तै करिब १।७ प्रतिशतको हाराहारीमा संक्रमितको मृत्यु दर रहेको छ । फेब्रुअरीको अन्तिममा प्रतिदिन एक हजारको हाराहारीमा नयाँ संक्रमित देखापरेकोमा मार्चको अन्तिमम्म यो संख्या एक सयमा झरेको छ । दक्षिण कोरियाले कोविड१९ को नियन्त्रणका लागि गरेको प्रयासलाई प्रशंसित रुपमा लिइएको छ । यो मुलुकले घरघरबाट संक्रमित पत्ता लगाउने सर्विलेन्स बिधिको प्रयोग गरी कोरोना नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको देखिन्छ । मुख्य रूपमा दक्षिण कोरियाले विना लक्(डाउन संक्रमणको प्रारम्भिक चरणदेखि नै व्यापक जनताको परीक्षण गरेर संक्रमणको फैलावटलाई रोक्ने काम गर्यो । यसले गुडिरहेको गाडी रोकेर ड्राइभरलाई कोरोना परीक्षण गर्ने समेत काम गरेको थियो ।

थाइल्याण्ड

थाइल्याण्डमा हालसम्म १८७५ कुल संक्रमित छन् भने १५ जनाको मृत्यु भएको छ । थाइल्याण्डको सरकारले एक महीनाको लक् डाउन साहसहित संकटकालिन अवस्था घोसणा गर्दै कोरोना नियन्त्रणमालागेको छ।यो कदमले सरकारले आफ्नो विशेष अधिकार प्रयोग गरी कर्फ्यू लागू गर्ने, मिडियालाई सेन्सर गर्ने, भेला हुने सम्मेलन गर्ने कार्य बन्द गर्ने र यसका लागि सैन्य बल प्रयोग गर्ने जस्ता अधिकारहरु समावेश छन् । यसैबीच संक्रमण बढेपछि थाईल्याण्डका राजा महाबजिर लकर आफु सुरक्षित हुन परिवार सहित १०० जनाको जत्था सहित देश छोडीजर्मनी पुगेका छन् ।आफ्नै मुलुकमा रहेर जनताको साथ दिनुपर्नेमा राजा संक्रमणको त्रासले अन्यत्र गएकोले जनताले यसको व्यापक बिरोध गरेका छन् ।

सिंगापुर

विश्वको ट्रान्जिट पोइन्टको रुपमा रहेको अत्यन्त व्यस्त सिंगापुरमा कोविड(१९ ले १०४९ जना संक्रमितभएका छन् भने ४ जनाको मात्र मृत्यु भएको छ । मुलुक अहिले संक्रमणका कारण लक्(डाउनको अवस्थामारहेको छ ।कोरोनाको शुरुवातसंगै यहाँ अत्यास्यक काम बाहेक घर बाहिर नजान, घर आउदा जुत्तामा स्यनिटाइजेसन गर्ने, साबुन पानीले हात धुने, कपडा फेरी सफा गर्ने, बाहिर जाँदा मेडिकल मास्क प्रयोग गर्ने जस्ता अनिवार्य नियम बनाइएका छन् ।यहाको सरकारले सम्पूर्ण कर्मचारीलाई घरबाट काम गर्ने बाताबरण बनाउन निर्देशित गरेको छ । अनिवार्य रुपमा कर्मचारी वा मजदुर चाहिने कार्यालमा वा उद्योग(ब्यबसायमा सामाजिक दुरी बनाएर मात्र काम गर्ने बाताबरण बनाउनु पर्ने कुरा उल्लेख गरेको छ ।

पाकिस्तान

पाकिस्तानमा संक्रमितकोसंख्या२४३१ पुगेको छ भने मृतकको संख्या ३४ छ । पाकिस्तान पनि अहिले लक् डाउनको अवस्थाबाट संक्रमण रोक्ने प्रयासमा छ । प्रधानमन्त्रीले जनतालाई सुसुचित गर्दै र सामाजिक दुरी कायम राख्दै काम गर्न आवाहन गरेको अवस्था छ । पाकिस्तानले कोरोना संक्रमण नियन्त्रण गर्न युबाहरुको कोरोना रिलिफ टाइगर फोर्स तयार गरेको छ, जसले गरिबहरुलाई घर(घरमा खाना पुर्याउन तथा राहत बितरण गर्ने कार्य गर्छन । यहाँ करिब ८० लाख अमेरिकी डलर बराबरको राहत कोष खडा गरेको छ । ३(४ प्रतिशत बिरामी मात्र अस्पतालमा बस्ने र युवाहरु लगायत अन्य बाकी सेल्फ(क्वारेन्टाइनमा रहेर संक्रमण काम गर्न सुझाब दिइएको छ । इस्लामाबादमा रहेका एक दर्जनभन्दा बढी चर्च सबै बन्द गरिएका छन् । यहाँको ठूलो र प्रसिद्ध फैसल मस्जिद बन्द गरिएको छ । सिनेमा हल बन्द छन् । सबैभन्दा ठूलो सपिङमल ‘सेन्टोरस’ बन्द गरिएको छ । केही हदसम्म सफल भएपनि संक्रमण बढ्ने क्रममा रहेको हुँदा यसलाई ध्यान दिन अत्याबश्यक देखिन्छ ।

रसिया

रसियामा हालसम्म ३५४८ जना संक्रमित भएका छन् जसमध्य ३० जनाले मृत्युबरण गरेका छन् ।रसियाका रास्ट्रपति भ्लादिमिर पुटिनले जनतालाई घर बस्न आग्रह गर्ने एउटा नारा दिएका छन् ‘कि १५ दिन घरभित्र बस कि ५ वर्ष जेल जाउ’ ।यहाँ क्वारेन्टाइनमा रहेका बिरामीले अरुलाई रोग फैलाएमा ५ वर्ष जेल र २ वा सो भन्दा बढीमा संक्रमण फैलिई मृत्यु भएमा ७ वर्ष जेल पठाउने नीति बनाएको छ । यसरी लक्(डाउनको कडा रणनीति लिइएको छ । जनताले सरकारको आदेश पालन नगरे सरकार कडा रुपमा प्रस्तुत हुने गरेको छ ।

भारत

भारतमा अहिले २५४३ को हाराहारीमा संक्रमित पुगेका छन् भने ७२ जनाले मृत्युबरण गरेका छन् । भारत पनि प्रारम्भिक चरणमा नै कोविड(१९ संक्रमणको नियन्त्रण र संक्रमितको उपचारका लागि ३ हप्ते लक्(डाउनमा गुज्रिरहेको छ । यसै बीच मोदी सरकारले जनतालाई घरभित्र बस्न अनुरोध गरेको छ । श्रमिक बर्गका मानिसहरुलाई १।७ लाख करोड भारतीय रुपैयाको तीन महिने राहत प्याकेजको घोषणा गरेको छ । १ अरब ३० करोड भन्दा बढी जनसंख्या भएको यो मुलुकमा अहिलेसम्मको अवस्थालाई हेर्दा संक्रमण नियन्त्रणमा सरकार केही सफल हुने आभास हुन्छ । हालसम्म ज्यादै न्युन मात्रामा परीक्षण भएको अवस्थामा बिरोधका स्वरहरु आइरहेकोले क्वारेन्टाइनमा रहेका र अन्य परिवारमा पनि ठुलो संख्यामा संक्रमित देखिने सम्भावना हुदैन भन्न सकिदैन । दिल्लीस्थित निजामुद्दिन मरकज जसलाई बंगलेवाली मस्जिदको नामले पनि चिनिन्छ सो मस्जिदमा २०२० मार्च २१ मा भएको धार्मिकसभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छभने अन्य २०० भन्दा बढीमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको जनाइएको छन्।उनीहरुबाट अन्य थुप्रै मानिसहरुमा कोरोना संक्रमण फैलिने त्रास देखिएको छ ।राम्रो स्वास्थ्य अवस्था भएका अमेरिका तथा युरोपियन मुलुकलाई संक्रमण व्यवस्थापनमा अत्यन्त कठिन भैरहदा भारतको यो नीतिले कति सफल हुन्छ हेर्न बाँकी छ ।

नेपाल

नेपाल अहिले कोरोना संक्रमणको कारण १५ दिने लक्(डाउनको अवस्थामा छ । हालसम्म नेपालको पछिल्लो तथ्यांक अनुसार १ हजार भन्दा केही बढी मात्र परिक्षण भएकोमा हाल सम्ममा ६  जनामा यो संक्रमण देखा परेको छ ।पछिल्लो १ जना ६५ वर्षीय बृद्धा  भर्खरै पहिचान भएको छ । १ जना हाल स्वस्थ लाभ गरि आइसोलेशन मुक्त भएका छन् भने ५ जना आइसोलेशनमा उपचाररत रहेकोमा १ जनाको दोस्रो परिक्षणमा कोविड(१९ नेगेटिभ आएको अवस्था छ । हाल भारत तथा तेस्रो मुलुकबाट आएका हजारौ नागरिकहरु सरकारले बनाएका क्वारेन्टाइनमा रहेका छन् । यसरी क्वारेन्टाइनमा रहेका मानिसहरु उपचार बिना परीक्षण नै नगरी मरेका खबरहरु आउन थालिरहेका छन् । सरकारको कोरोना परीक्षण प्रणाली अत्यन्त फितलो रहेकोले क्वारेन्टाइनमा रहेका मानिसहरुको परीक्षण हुँन सकिरहेको छैन । यसलाई प्रभावकारी रुपमा लागु गरीक्वारेन्टाइनमा बसेका सबै, भारत तथा तेस्रो मुलुकबाट पछिल्लो समयमा नेपाल आएका सबै व्यक्तिको परीक्षण द्रुत गतिमा गरी वास्तविक संक्रमितको पहिचान तुरुन्त गर्नुपर्छ ।

सबै सरकारी अस्पतालमा स्वास्थ्य उपकरणको अभाव छ भने निजि अस्पतालको त कुरै छोडौं। निजि अस्पतालले आफ्नो नाफा मात्र लिने तर राष्ट्रलाई संकट पर्दा सहयोग नगरेको अवस्था देखिइरहेको छ यसमा सरकार पनि आफ्नो कर्तव्यमा चुकेको छ । यो संकटको घडीमा निजि अस्पताललाई अत्यावश्यक सामाग्रीहरु उपलब्ध गराउनु पर्ने दाइत्व सरकारको हो । यति गर्दा पनि निजि अस्पतालहरुले सरकारलाई सहयोग नगरे स्पेनले जस्तै नेपालले पनि निजि अस्पताललाई राष्ट्रियकरण गर्दा फरक पर्दैन । विश्वव्यापी कोरोना संक्रमणको पाँचौ महिनाको अन्तिममा पनि नेपाल सरकारले मुलुकमा कोरोना संक्रमणको लागि कुनै तयारी गरेन । आफुलाई उपयोग गर्न रातातात हेलिकप्टर खरिद गर्न सक्ने सरकारले यत्रोमहामारी नियन्त्रणका लागि चाहिने आधारभूत उपकरण समेत नकिनेको र अन्तिम घडीमा वास्तविकता भन्दा दोब्बर मुल्यमा समान खरिद गरेर भ्रस्टाचारको गन्ध फैलिएपछी टेन्डर रद्द गरेको खबर सगै आएको छ । अब विना उपकरण कसरी स्वास्थ्यकर्मी सुरक्षित रुपमा कोविड(१९ संक्रमण निदानमाआफुलाई प्रस्तुत गर्न सक्छन, त्यो अत्यन्त गम्भीर विषय बनेको छ । यसले सरकार कति जिम्मेवार छ प्रस्ट हुन्छ ।

अहिलेसम्म नेपालमा संक्रमितको संख्या हेर्दा सन्तोषजनक देखिए पनि परीक्षणको कमीले यो अवस्था आएको हुन सक्छ । परीक्षण प्रभावकारी बनाउंदा पनि संक्रमित नदेखिए मात्र हामी ढुक्क हुन सक्छौ । यसको लागि गाउगाउ तथा शहर(शहर सबै क्षेत्रमा परीक्षण तिब्र र व्यापक पार्नुपर्छ । नत्र डोनालड ट्रंपले ५ जना संक्रमित हुँदा संक्रमण हाम्रो नियन्त्रणमा छ भन्दै गर्दा अहिले महामारी नियन्त्रण बाहिर पुगे जस्तै हाम्रो अवस्था पनि बिकराल हुन सक्दैन भन्न सकिन्न ।

सरकारले गरिबलाई राहत प्याकेज दिन नसक्नु, भोकभोकै भारत तथा बोर्डरमा अलपत्र नागरिकको उद्दार नगर्नु, देशभित्र पनि अलपत्र नागरिकको उद्धार नगर्नु, नागरिकले गरेको भिडभाड नियन्त्रण गर्न प्रभावकारी रुपमा सुरक्षाकर्मी परिचालन नगर्नु, मूल्यवृद्धि आकासिनु, अत्याबस्यक सामग्रीको खरिद गर्ने संयन्त्रको विकास नगरी नागरिकलाई दुख दिनु, जस्ता सरकारका असक्षमताको उजागर भएको छ । साथै संक्रमणको यति लामो अवस्थाबाट गुज्रिदा पनि अत्यावास्त्यक स्वाथ्य सामग्री खरिद नगरी बस्नु र स्वीकृत गरेको टेन्डर रद्द गर्नुले सरकारको शुन्य जवाफदेहितालाई इंगित गर्छ ।

कोरोना संक्रमणले विश्व अर्थतन्त्र खुम्चिदै गर्दा नेपाल पनि अछुतो छैन। रेमिटेन्सबाट धानिएको हाम्रो जस्तो मुलुकमा कोविड १९ को प्रकोपले धेरै संख्यामा नेपालीहरु आफ्नो घर फर्किने हो भने भोली नेपाल सरकारले पनि कसरी यसको व्यवस्थापन गर्ने हो छुट्टै विषय बनेको छ । यसैबीच युएईले आफ्नो मुलुकमा कार्यरतकामदार कटौती गर्ने घोषणा गरिसकेको छ । अनौपचारिक क्षेत्रमा काम गर्ने आन्तरिक मानिसहरु पनि यो संक्रमणबाट आक्रान्त हुनेछन् । नेपालको राष्ट्रिय आयको ठुलो हिस्सा लिएको पर्यटन व्यबसाय लामो समयसम्म नउठ्ने छनक देखिदैछ । यो संग जोडिएको हवाई यातायात, होटल व्यवसायलाई त्यसरी नै आक्रान्त पार्ने निश्चित छ । यसका साथै निर्माण तथा औद्योगिक उत्पादन,बैंकिंग क्षेत्र, आपूर्ति श्रृंखला आदिमा नराम्रो असर पर्ने स्पस्ट छ ।

निष्कर्ष

कोरोना संक्रमणको बहु(आयामिक असरले नेपाल मात्र नभएर विश्वका धेरै मुलुक आक्रान्त बन्ने देखिएको छ ।कोरोना महामारीकै कारण महाशक्ति राष्ट्र अमेरिका पनि कम्जोर साबित हुदैछ ।सबैभन्दा ठूला अर्थतन्त्र भएका महाशक्तिराष्ट्रहरुको सभ्यतालाई समेत आच्छु आच्छु पार्दै यो संक्रमणले विश्वव्यापी चेतावनी दिएको छ । प्रकोपको कारण महामारी संगै विश्वले अपार आर्थिक नोक्सानी भोगिसकेको छ ।तर यसले ग्लोबल वार्मिंगलाई भने केही दिनलाई भएपनि राहत दिएको छ।

बिश्वब्यापी द्रुतगतिमा फैलिएको समग्र मानब सभ्यतालाई नै ठुलो क्षतिपुर्याउने यो कोरोना भाइरसको संक्रमण कसरी रोक्ने भन्ने नै अहिलेको ठुलो चुनौती रहेको छ। अझैपनि ठुलो संख्यामा संक्रमण र मृत्यु कायमै छ र मुलुकहरु आफुलाई यो संक्रमणको प्रकोपबाट बचाउन बिभिन्न प्रयासहरु गरिरहेका छन् ।तर पनि संसारकै ठुलो शक्तिराष्ट्र अमेरिका यो सकटलाई समाधान गर्न असफल भैरहेको छजसले गर्दा मौलिक विश्वको राजनैतिक शक्ति सन्तुलन फरक पर्ने सम्भावना बढेको छ। त्यस्तै युरोपका बिकसित मुलुकहरु आफुलाई जोगाउन नसक्ने मानवीय संबेदनाको दर्दनाक अवस्थामा छन्।बरु यस भाइरसको जन्मस्थल चीनले आफुलाईधेरै हदसम्म संक्रमण कम गर्न सफल भएको छभने दक्षिण कोरियाले बिना लक्(डाउन योभाइरसको संक्रमणसंग लड्न सफल भएको छ । बिश्वमा बिशाल जनसंख्या भएको भारतमा पनि संक्रमण बढ्दै जान थालेको छ, यसको असर नेपालमा पनि देखिन सक्ने यथार्थतालाई नकार्न सकिदैन ।नेपालको तराइका विभिन्न जिल्लामा रहेका मुस्लिम समुदायका १९ जना मानिसहरु पनि भारतको दिल्लीस्थित निजामुद्दिन मरकजमा भेलामा सामेल भएको बताइन्छ ।ती मानिसहरुको सही पहिचान हुन नसके संक्रमण फैलिने सम्बभाना निक्कै बढेकोले सरकारले ती सबैलाई तत्काल पहिचान गरी क्वारेन्टाइनमा राख्नुपर्छ ।