कोरोना भाइरसको औषधीउपकरणको खरिद गर्ने जिम्मेवारी सेनालाई दिइयो।

काठमाडौं := नेपाल् सरकारले कोरोना भाइरस (कोभिड–१९ ) का लागि औषधी र उपकरण खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ।

बिहीबार कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता अर्थमन्त्री तथा सूचनामन्त्री डा.युवराज खतिवडाले स्वास्थ्य उपचार, स्वास्थ्य सामग्री आपूर्तिको जिम्मा नेपाली सेनालाई दिएको सञ्चारकर्मीहरुसंगको कुराकानीमा बताएका थिए।

ओम्नी कम्पनीसँगको ठेक्का रद्द गरेपछि उपकरण र औषधि खरिदको जिम्मेवारी नेपाली सेनालाई दिएको हो ।
मन्त्रिपरिषद्को १६ चैतको बैठकको निर्णय भन्दै विहिबार साँझ रक्षामन्त्रालयलाई गरिएको पत्रचारमा सो सरकार/सरकार (जिटुजी) मार्फत खरिद गरिने र त्यसको समन्वय नेपाली सेनाले गर्ने उल्लेख गरिएको छ।

अहिले सरकारका उप-प्रधानमन्त्री इश्वर पोखरेल र स्वास्थमन्त्री भानुभक्त ढकालमाथी स्वास्थ्य उपकरण खरिद प्रकरणमा व्यापक अनियमितता गरेको आरोप लागेका छ्न भने उनिहरुको विरुद्ध अख्तियारदुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेका छ्न । अख्तियारले प्रकरणबारे छानबिन गरिरहेको बताइएको छ।