मलेसियामा पहिलोपटक नेपाली श्रमिकमा कोरोना संक्रमण/स्वास्थ्यमा क्रमशः सुधार हुँदै।

तिलोचन गौतम


क्वालालम्पुर(मलेसिया):= मलेसियाको पोर्टकेलाङमा काम गर्दै आएका एक नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

मलेसियामा नेपालीलाई संक्रमण देखिएको भने पहिलो पटक हो। साधारण रुघाखोकी लागेपछि केलाङ हस्पिटल पुगेका उनलाई ४ दीन पछि अहिले सुङ्गाईबुलो हस्पिटलमा ट्रान्सफर गराई भर्ना गरेर उपचार भैईरहेको बताइएको छ। उनि झापा चन्द्रगडिका हुन् ।

साधारण खोकीको औषधि गराइरहेको र सुङ्गाइबुलो हस्पिटल भर्ना भएको तेस्रो दीनमा वाड चेन्ज गरिएको प्रत्यक्ष बिरामीले मलाया खबरलाई जानकारी गराए पश्चात् मलेसिया स्थित नेपाली राजदुतावास क्वालालम्पुरका द्धितिय सचीव महेस त्रिपाठी लाई यस बारे खबर गरेका थियौं।।

अहिले उपचाररत सङ्क्रमितका अनुसार वाट परिवर्तन गराएको जहाँसम ठिक हुँदै गएको महसुस गरिरहेको उनले बताए साधारण खोकी भने अझैसम्म लागिरहेको उनले बताए।
कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई कम्पनीले नै अस्पताल पुर्‍याएको थियो । मलेसियाले विदेशी र स्वदेशी नागरीकबीच उपचारमा विभेद नगरेको दूतावासले बताए । कोरोना भाइरसको उपचार सरकारी अस्पतालमा मात्रै बिदेशी होस् या स्वदेशी, नि:शुल्क रुपमा भइरहेको छ ।