तरकारीको थोक मुल्यो घटयो तर खुद्रा मुल्य चार गुणा बढयो।

कालीमाटीमा तरकारीको थोक मूल्य घटेको छ तर खुद्रा बजारमा भने तरकारीको भाउ छोइ नसक्नु छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो साताको तुलनामा यो साता तरकारीको भाउ ५० प्रतिशतसम्म घटेको छ ।

समितिका उपनिर्देशक विनय श्रेष्ठले बजारमा तरकारी नियमित आइरहेकाले अघिल्लो साताको तुलनामा यो साता तरकारीको थोक मूल्य घटेको जानकारी दिए। समितिका अनुसार बुधबार प्रतिकेजी गोलभेँडा ३८, बन्दा ३३, काउली स्थानीय २२, घिउसिमी २२, सेतो मुला १९ रुपियाँ थोकमा कारोबार भइरहेको छ तर खुद्रा बजारमा यी तरकारीको भाउ चार गुनाभन्दा बढी महँगो छ ।

बजार अनुगमन नहुँदा खुद्रामा तरकारी भाउ मनपरी भएको उपभोक्ता अधिकारकर्मी बताउँछन् । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले बजारमा सरकारको उपस्थिति नहुँदा तरकारीमा मात्रै नभई अन्य खाद्यान्नमा समेत व्यापारीले उपभोक्तामाथि लुट मच्चाएको आरोप लगाएको समाचार आजको गोरखापत्र दैनिकले समाचार छापेेको छ ।