युट्युब ट्रेन्डिङमा सौगातको ‘पोइ पर्‍यो काले’पहिलो र ‘पञ्चेबाजा’ दोस्रो नम्बरमा उक्लिए।

युट्युबमा केही दिन ट्रेन्डिङको शिर्ष स्थानमा रहेको साउथ फिल्म ‘दिलजला आशिकी’ लाई तेस्रो नम्बरमा झारेर पहिलो नम्बरमा नेपाली फिल्म ‘पोइ पर्‍यो काले’ र दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ उक्लिएका छन् ।

यी दुवै फिल्ममा चर्चित नेपाली स्टार अभिनेता सौगात मल्लको अभिनय देख्न सकिन्छ। ‘पोइ पर्‍यो काले’ मा काले केटाको भूमिकामा रहेका उनी ‘पञ्चेबाजा’ मा रंगकर्मीको भुमिका निभाएका छ्न।

एकै दिन युट्युबमा रिलिज भएका सौगातका यी दुई फिल्ममध्ये भ्यूजमा भने ‘पोइ पर्‍यो काले’ लाखौं अन्तरले अग्र स्थान हासिल गरेको छ । चार दिन अगाडी युट्युबमा रिलिज भएको यो फिल्मलाई  ४६ लाख भन्दा बढी भ्युज मिलेका छन् भने ९१ हजार लाइक्स र सात हजारभन्दा बढी कमेन्ट प्राप्त भएका छन् । त्यस्तै, युट्युब ट्रेन्डिङको दोस्रो नम्बरमा ‘पञ्चेबाजा’ले स्थान प्राप्त गर्न सफल भएका छ्न। यस् फिल्मलाई १८ लाख भ्यूज मिलेका छन ।

सम्भवतः सौगात अभिनीत दुई फिल्म एकसाथ ट्रेन्डिङमा उक्लिएको यो पहिलो पटक हो । दुवै फिल्मको कमेन्ट बक्समा उनको अभिनयको दर्शकले खुलेरै प्रशंसा गरेका छन् । शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ मा अन्य कलाकारहरु पूजा शर्मा, आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको पनि अभिनय छ भने धनश्याम लामिछाने निर्देशित ‘पञ्चेबाजा’ मा कर्मा, जश्मिन श्रेष्ठ, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको देख्न सकिन्छ ।

नेपाल लगायत थुप्रै अन्तर्राष्ट्रिय देशहरुमा यतिबेला कोरोना भाइरसको संक्रमणले गर्दा लकडाउन लागू गरेको अवस्था छन। सायद घरबाट बाहिर यताउता जथाभावी हिलडुल गर्न नमिल्ने भएरनै होला नेपाली फिल्मलाई खासै मन नपराउनेहरुले समेत यतिबेला घर भित्र बसिबसी नेपाली फिल्महरु हेर्दै समय बिताईरहेको प्रभावले नै सौगात मल्लको दुई फिल्म युट्युबको ट्रेन्डिङमा पहिलो नम्बरमा उक्लिएको आङ्कलन गरिएको छ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :