राष्ट्रपती,मन्त्री,नेता,जनता जिम्मेवार नबनेर देशमा संकट आएको हो:पुजा भुसाल।

[लेखिका:प्रमिला शर्मा भुसाल " पुजा "]

यति बेला कोरोना भाइरस COVID-19 को संक्रमण चरम रुपमा बिश्वभरी दिन दुइ गुणा रात चार गुणाको गतिमा फैलिरहेको छ यसले सिङ्गो विश्व अर्थतन्त्रलाई लगभग धरासायी बनाउन लागेको देखिन्छ चिनको हुवाना शहरमा पहिलो पटक देखिएको कोरोना भाइरस बिश्वका सक्तीशालि रास्ट्रहरुलाइ पनि त्राही त्राही अर्थात आतंकित पारीरहेको छयहि जोखिमका बिचमा हाम्रो देश नेपाल जस्तो गरिब अर्थतन्त्र भएको देशमा महामारीको बिचमा सरकार नै लुट्तन्त्रमा ब्यस्त छ भन्ने सन्देश यतिबेला बिश्व बजारमा देखिन थालेको छ चीनबाट सहुलियत मुल्यमा ल्याइएका पिपिइ (Personal Protective Equipment) सामानमा सरकारले चरम भ्रष्टाचार गरेको समाचार विभिन्न मिडियाद्वारा छताछुल्ल भैसकेको अवस्था छ ।

बिश्वले आफ्ना नागरिकलाई कसरी कोरोना संक्रमणबाट बचाउने भनेर दिमाग खियाउदै गर्दा मेरो देश नेपालको सरकार भने सुटुक्क जनताको आँखा छली भ्रस्टाचार कसरी गर्ने कसरी यहि बेलामा लूट आतंक मच्चाउने र घर गाडी जोड्ने भन्ने दौड अनि होडमा दिमाग खियाउदै छ कठै बिचरा हामी जनता अनि बिचरा गरिब मानसिकता बोकेको सरकार लुट्न त यहाँ वर्षौं देखी नै लुटिरहेकै थिएऔ तर यो पटक लुट्ने सहि समय थिएन लुट्न पनि सहि समय मिलाएर लुटेको भय हुन्थ्यो सायदै उनिहरुलाइ लागेको हुनसक्छ कमाउने सहि समय र बेला यहि हो चिनबाट नेपालमा सहयोग स्वरुप सहुलियत मुल्यमा पठाइएको पिपिइ (Personal Protective Equipment) सामाग्री मध्यमा N९५ माक्र्सको मूल्य नेपाली रुपैया २८० हो तर त्यही माक्सलाई नेपाल सरकारले रु ५५३ रुपैया बढाएर लगभग ८०० रुपैयाँको हाराहारिमा बेच्ने तयारीमा छ तेस्तै ५०० रुपैया तोकेर चिनले पठाएको रोतेक्टिभ गगल्स चस्मालाई नेपाल सरकारले मात्रै १६५२ रुपैया मुल्य बढाएर २१५२ को बिल बनाएको छ ।

यतिले मात्र सरकारको भुँडी भरिएको छैन दातृरास्ट्रहरुले हामिलाइ खरबौ रकम सहयोग गरेको खबरहरु पनि आएका छन तर त्यो सहयोग रकम कहाँ र कसरी के प्रयोजनमा खच भयो या सकियो थाहा छैन यो अवस्थामा आएको रकम सरकारमा रहेकाको भुँडी भर्न होइन मजदुर गरिब किसान जो बिहान बेलुका दुइ छाक टार्न मजदुरी गर्छन उनिहरुको लागि हो अलिकति पनि लाज सरम र लज्जाबोध नभएको नकचरो जस्तो व्यवहार यति बेला हाम्रो सरकारले किमार्थ देखाउन मिल्दैन थियो तर देखाइ रहेको छ यो लक्ष्यण हेर्दा सरकारले जनतालाई भोकभोकै मार्ने दिनको सुरुवाती पो होकि भन्दै आसन्का गरिरहेका छन जनताहरु मलाइ यति बेला सरकार विरुद्ध बोल्ने र नकारात्मक कुरा बोल्ने रहर फिटिक्कै थिएन म सरकारको निरपेक्ष विरोधी पनि हुदै होइन तर म एक सचेत नागरिक हुनुको नाताले मैले यि सारा कुरा हेरेर चुपचाप बस्नै सकिन तसर्थ केहि कुरा बोल्नै पर्छ भन्ने लाग्यो र बोल्दै पनि छु यो विषम परिस्थितिमा हामीले सरकारको सहि कदमलाइ मुक्तकन्ठले प्रसंसा गर्न पनि चुक्दिन र गलत कदमको खुलेरै बिरोध गर्न सक्नुपर्छ ।

( लेखिका प्रमिला शर्मा भुसाल ” पुजा ” )

हरेक सचेत नागरिक ले यो हैसियत राख्नु पनि पर्छ एक पट्क गम्भीर भएर सोचौ न यदि हाम्रै छिमेकी रास्ट्र चीन सरकार हाम्रो सरकार जस्तै लज्जाबोध गर्न पनि लाज लाग्ने जस्तो भैदिएको भए अनुमान गरौ चिनको स्थिती के हुने थियो होला यदि त्यस्तो भै दियको भए त्यहका लगभग ४०% जनता मर्ने थिय होलान यस्तो विषम परिस्थितिमा चीनको सम्मयम्ता धैर्यता मानवियता अमेरिका र युरोपेलीमुलको मुर्खताले बिश्वमा कस्तो प्रभाव पर्यो कस्तो सन्देश प्रवाह गर्यो के सन्देश दियो संछिप्तमा बताउन चाहन्छु ताकी नेपालको आँखा थोरै भए पनि खुलोस भन्ने चाहान्छु विज्ञान अनि चेतनाको स्तर निकै माथी उठेको भनिएका पश्चिमा देशहरुले किन सहजरुपले यो संक्रमणलाई रोक्न सकेनन ? अमेरिका जस्ले बिश्वको सक्तीशालि मुलुकको उस्को अवस्था आज आफ्नो हातबाट बाहिर छ स्थिती नियन्त्रणभन्दा बहिर गैसकेको छ किनभने करोडौं ,अरबौ डलर खर्च गरेर मिसाइलबनाउन ब्यस्त थियो ।

अमेरिकाले कहिल्यै १० रुपैयाँ पर्ने एन्त्टीबयोत्टिक र माक्स बनाउन ध्यान दियन बिश्वकै सबै भन्दा प्रख्यात सामाजिक संजाल फेसबुक टुइटर अनि बिश्व हल्लाउने संयन्त्र बनाउने अमेरिका त्यही १० रुपैयाँको औसधी र माक्र्स को अभावमा लाखौ जनता संक्रमणको जोखिम मा मर्न बाध्य छन करोडौंका मेडिकल इकुइपमेन्ट बनाउने स्वस्थ्यमा दखल राखने अमेरिका युरोपका जनता यति बेला भकाभक मर्दै छन उति बेला चीनमा फैलिरहेको महामारी बारे चीन सरकारले बिश्वलाई सचेत हुन आग्रह गरि रहेको थियो स्थिति नियन्त्रण बाहिर जान्छ भन्ने बुजेको चीन सरकारले अफ्नो देशमा लकडाउन गर्यो चीन सरकारले आफ्ना जनतालाइ नआत्तिन आग्रहगर्दै रातदिन एक एक गरि स्वास्थकर्मी संचारकर्मी सरकार अहोरात्र खटिरहयो तेसैको फलस्वरूप स्थिति काबुमा लियो चीनले तर उता अमेरिकाका रास्ट्रपति डोनाल्ड ट्रम्पले चाइनिज भाइरसले आफू र आफ्नो देश लाइ छुन सम्म नसक्ने भन्दै दुहाइ र खिल्लि उडाइरहे अझ चीनले बिश्वलाई सिध्याउन लागेको आरोप सम्म लगाउन भ्याए चीनयुरोपेली मुलुक र भारतले चाइनिज सामग्रीहरु लगभग बहिस्कार गर्नुपर्ने कुरा फैलैरहेको थियो जतिबेला अमेरिका युरोपेली मुलुक एक थिए त्यति बेला चिन लगभग एक्लै जस्तै थियो ।

थुप्रै देशहरु चिन बिरुद्ध भ्रामक समाचार घन्काउन तल्लीन रहेको बेला चीनले माहामारी नियन्त्रणको प्रयास र अहोरात्र खटिएर देश र जनतालाइ अश्वावासन सान्त्वना दिदै थियो जुन बेला चीनले पूरा बिश्वलाई चिच्याइ चिच्याइ यसको संबेदनसिलता बताइ रहेको थियो तर शक्ति सम्पन्न देशहरुलाइ जतिबेला चिनले सजग रहन र आफ्ना नागरिकहरुलाइ सुरक्षित राख्न आग्रह गरिरहेको थियो ठिक त्यतिनै बेला महमारिको संबेदनसिलता बुझिदिएको भए सायदै विश्वले आजको अवस्था भोग्नै पर्दैन थियो होला कुनै पनिमहामारी या रोगसङ राजनीति फाइदाको खेलको खेल्नुको परिणाम के हुन्छ आज प्रमाणित भैसकेको छ विश्वमाहामारिको कहरमा जुददै गर्दा गरिब र कमजोर रास्ट्र मात्र नभइ शक्तिशाली रास्ट्रपनि महामारिले चपेटामा छन अमेरिकामा संक्रमीत हुनेको संख्या बढदैछ स्थिति नियन्त्रणमा आउन सकिरहेको छैन येस्तो भयावह परिस्थितिमा अमेरिकालाइ चीन सरकारले सहयोग गर्ने र बिश्वका नगरिकको सुरक्षार्थ सक्दो सहयोग गर्ने बताइरहदा अमेरिका चीनको सहयोग नलिने कुरा घमन्डका साथ बताइ रहेको छ ।

यो दम्भको परिणाम घातक हुनसक्ने बिज्ञहरुको भनाइ छ यस्तो भयावह अवस्थामा जत्ती सुकै दुश्मनी भएका रास्ट्र हरुले पनि आफ्नो नागरिकलाई बचाउन सहयोग लिनुपर्ने अवस्थामा रास्ट्रपति ट्रम्प्ले चीनको सहयोग चाहिदैन भन्नू मुर्खतापुर्ण अभिव्यक्ति हो भन्ने मेरो निष्कर्ष हो किनभने यति बेला अमेरिकी जनता निरीह भइ चुपचाप आफ्ना रास्ट्रपतिको लज्जास्पद तर्क र घमण्डले चुर भएको अभिव्यक्ति सिरोपर गर्दै महमारी संग जुधन बाध्य र विवश छन कोरोना देखिएको चीनको सम्यमता धैयता नागरिकरुको अनुसासनको कारण यतिबेला चीनले मानविय समवेदनशीलता बचाइ रहेको छ किन कि चीनले रोग सङ राजनीति गरिरहेको छैन बरु आफ्ना देशका नागरिक मात्र नभइ बिश्वका नागरिक बाच्नु र बचाउनु पर्छ भन्ने मानविय संबेदनसिलता देखाइ रहेको छ जुन सन्देशलाई बिश्वका थुप्रै रास्ट्रहरुले संमानजनक रुपले सिरोपर गर्दै पनि आएका छन आफू शक्तिसाली हुदा आफू भन्दा कमजोर लाई आपत्तिमा परेकालाई मानवियता देखाउनु ले पनि शक्ति भनेको जहिले पनि आफू भन्दा कमजोरको रक्षा र सुरक्षार्थ प्रयोग गर्नु हो भन्ने गतिलो सन्देशमुलक पाठ आज चीनले विश्वलाइ सिकाएको छ अहिलेसम्मको इतिहास लाइ हेर्दा चीनले हरेक पट्क छाती चौडागरी बिश्वलाई सहयोगी हात फैलाइरहदा हाम्रो जस्तो रेमिटान्समा भरपर्ने अर्थतन्त्र कमजोर भएको देशमा पिपिइ (Personal Protective Equipment) सामग्रीमा सरकार नै भ्रस्टाचारमा दिमाग खियाउने भएपछी नेपाली नगरिक माझ सरकार प्रतिको विश्वास यतिबेला फुङ्ग उडेको अवस्था आएको छ यद्यपि सरकारले कुनै भ्रष्टाचार नभएको बताउदै आएछ ।

लगभग नेपाल मै ४५ % नागरिक मजदुर छन बिहान बेलुका मजदुरी गरेर छाक टार्ने गर्दछन लकडाउनको पुण पालना गरेका ती मजदुर किसान श्रमिकहरुले राज्य अनि सरकार बाट कस्तो अपेक्षा गर्ने? भन्ने प्रस्न यतिबेला नेपाली नगरिक हरुको मनमा उब्जिएको छ नेपाललाई थुप्रै शक्तिशाली रास्ट्रहरुले खरबौ सहयोग गरेको समेत विभिन्न संचार मध्यमहरु आइरहेका छन तर नगरिक भोकभोकै बस्नुपर्ने गरिविले पिल्सिएको खबरहरु पनि सामाजिक संजालमार्फत आएका छन सरकारको भुमिका या दायित्व आफ्ना नागरिकलाई संयमता अपनाउन र धर्य गर्न आग्रह गर्दै आवश्यक साथ सहयोग उपलब्ध गराउदै आफु नागरिक प्रती उत्तरदायी र गम्भीर रहेको सान्त्वना दिदै सुरक्षित राख्नु होकि ? सकेसम्म लुट्तन्त्र मच्चाएर यहि हो अस्लि लुट्ने बेला भन्दै ब्रम्हलुट गर्ने हो ? सरकार यति बेला हरेक कदममा संबेदनसिल बन्नै पर्छ त्यसैले सरकारको सहि कार्यलाइ उच्च संमान गर्दै यस्ता गलत कदमको घोर भर्सना गनु र सच्याउदै अगाडी बढन र जनता र राष्ट्र प्रती गम्भीर बन्न दबाब र खवरदारी गर्नु हामी सबै सचेत र जिम्मेवार नागरिकको कर्तव्य र दायित्व हो ।

लेखिका:- प्रमिला शर्मा भुसाल "पुजा" नर्सिङ कलेजकि अध्यापक, सेभ द-माइण्ड नेपालकि अध्यक्ष तथा, नेपाली मजदुर एकता समाजकि महासचिब,संचारकर्मी समेत हुनुहुन्छ।