क्वालालम्पुर ( मलेसिया ):= आज अप्रिल १ तारिख, बिश्वब्यापी माहामारीको रुप लिई फैलीरहेको कोरोना भाइरसलाई अन्य ब्यक्तिमा सर्न नदिन मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डर गएको मार्च महिना १८ तारिखदेखी लागु गरिएको पहिलो चरणको समय अवधी सकिएको छ्न र आज १ तारिखदेखी १४ तारीख सम्मको लागी दोस्रो चरणको मोभमेन्ट कन्ट्रोल अर्डर (आवागमन प्रतिबन्ध , लकडाउन/ MOC) सुरु भएको छ ।
दोस्रो चरण अन्तर्गतको मोभमेन्ट कन्ट्रोल अर्डरमा सरकारले पहिला भन्दा तिब्र कडाई गरिरहेका छ्न । निजी स्वामि
त्वमा रहेका कारको संख्या प्रतिबन्धित गरि एक व्यक्तिले मात्रै ड्राईभिङ्ग गर्न मिल्ने गरि कायम गरेको छ।
मंगलबार रक्षामन्त्री इस्माईल साब्रीले पुत्राजायामा आयोजना गरिएको एक पत्रकार सम्मेलन मार्फत सो कुरा बताएका हुन ।
साब्रीका अनुसार अप्रिल १ तारिखदेखी एउटा व्यक्तिलाई मात्र कारमा यात्रा गर्न दिइनेछ। साथै एक ठाउँको सिमित एरियाबाट अर्को एरियामा गएर मालसम्मान खरिद,बिक्री गर्न मिल्दैन।
यहाँका मुख्य मुख्य सडक ब्लक गरेर आर्मी,पुलिस परिचालन गरिएको र चेकजाँच लाई तिब्र पारिएको बताए ।

मंगलबार मात्रै मलेसियाको सेलाङ्गर जिल्लाभित्र पेटालिङजाया एरियामा पर्ने कोतादामनसरामा बसोबास गर्ने कारमा सवार एक स्थानीय महिलाले मोभमेन्ट कन्ट्रोल अर्डर उलंघन गरेर कोतादामानसाराबाट अर्को एरियाको सुपरमार्केटमा सम्मान खरिद गर्न जाँदै गर्दा पुलिसले रोडब्लक गरि चेकजाँच गरिरहेको बेला ती महिलाले पुलिसलाई अपशब्द प्रयोग गर्दै तथानाम गालीगलौज गरेकोले ती महिलालाई तुरुन्तै हिरासतमा लिई अनुसन्धान गरिरहेको र मोभमेन्ट कन्ट्रोल अर्डर उलंघन गर्ने अन्य ८२८ जना भन्दा बढीलाई मलेसियाको विभिन्न राज्यमा हिरासतमा लिइ आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाइएको समेत पत्रकार सम्मेलन मार्फत साब्रीले खुलाए । उनले भने कि ” कोरोनाको कारण लागु गरिएको मोभमेन्ट कन्ट्रोल अर्डर यहाँ बस्ने नागरिककै हितको लागी,सुरक्षाको लागी भएकोले सबैले नियम प्रक्रियालाई मानेर सरकार र पुलिसप्रशासनको यस सराहनीय कदममा साथ दिनुपर्ने बताए ” ।



रक्षामन्त्री साब्रीका अनुसार अप्रिल १ तारिखदेखी लागुहुनेगरि नयाँ नियम ल्याइएको छ , जस अन्तर्गत बिहान ०८:०० बजेदेखि बेलुका ०८:०० बजेसम्म मात्रै खाद्यान्न पाईने सुपरमार्केट , किराना पसल , हाईपरमार्केट खोलेर बिक्री बितरण गर्न पाईनेछ।साथै पेट्रोल स्टेसन , फुड डिलिभरी , पनि सोही समय भित्र मात्रै काम गर्न र खोल्न पाइने जनाइएको छ।
मलेसियामा कोरोनाको संक्रमणले अहिलेसम्म ४३ जनाको ज्यान गएको छ्न भने २ हजार भन्दा बढीमा संक्रमण देखिएको र सयौंको संख्यामा रहेका संक्रमितहरु अस्पतालमा उपचाररत छ्न ।




















