तिलोचन गौतम,
क्वालालम्पुर मलेसिया,
मलेसिया सरकारले भाइरसका कारण थप मानिस सङ्क्रमणमा नपरुन भन्ने उदेश्यले रोक थामका लागि तथा सङ्क्रमितहरुको उपचारको लागि भन्दै मलेसियामा मार्च १८ देखि अप्रिल १४ सम्म गरेको आवागमन नियन्त्रण आदेशको सन्दर्भमा आवागमन नियन्त्रण आदेशको कारण भिजा सकिएका र हवाई टिकट रद्ध भएका नेपाली नागरिकलाई आफ्नो विवरण सहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सुचनामा उल्लेख गरिए अनुसार अन्लाईन विवरण बुझाउन असमर्थ हुने नागरिकको लागि राजदुतावास दूतावास को हट्लाइनको नम्बर ( 0162472777 मा whatsapp गरेर पनि विवरण दिन सकिने बताइएको छ। दूतावासले आजै एक सुचना जारी गर्दै अप्रिल २ तारीख दिउँसो सम्ममा विवरण सहित दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
तर यो अत्यन्तै छोटो समय भएकोले राजदुताबासले मलेसियामा रहेका संघ सस्था र मिडिया हरुको सहित सल्लाह लिएर सबै नेपालीलाइ लाई समेट्ने तरिकाले केही समय अगाडि देखि नै थालिनुपर्ने तर त्यो नहुदा सटिक समयमा दूतावासको श्रोत साधनले समेत नधान्ने र सबैलाइ समेट्न नसकिने जानकारहरु बताउँछन् ।



















