नगरप्रमुख भन्डारीद्वारा कोरोना भाइरस रोकथाम गर्न क्वारेन्टाइन र आइसोलेशन कक्ष उद्घाटन।

[ बारा सम्बाददाता ]

कोल्हबी( बारा ):= कोरोना भाइरस ( कोभिड -१९ ) रोकथाम र नियन्त्रण गर्नको लागि कोल्हबी नगरपालिकाको बिपद ब्यबस्थापन समितिले सोमबार बसेको बैठकमा एक समारोहका बिच कोल्हबी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारीद्वारा क्वारेन्टाइन र आइसोलेशन कक्ष उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रम उद्घाटन गर्नु भन्दा अगाडीको कार्यक्रममा करिब २ मिटरको दुरिमा रहेर पन्जा, माक्स र सेनिटाइजरको प्रयोग गरि लकडाउनको नियम र परिधिभित्र सो बैठक बसिएको थियो । बाराको कोल्हबी नगरपालिका वडा नम्बर ४ स्थित श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय सपहीमा राखिएको क्वारेन्टाइन र आइसोलेशन कक्ष रहेको स्थानमा छुट्टाछुट्टै बसेको पहिलो बैठकमा कोरोना भाइरस (कोभिड-१९) रोकथाम र ब्यबस्थापन गर्न १२ सदस्यीय नगर स्तरीय सर्वदलीय समिती चयन गरेका छन् ।

सो समितिको संयोजक कोल्हबी नगरपालिकाका प्रमुख भरत बहादुर भण्डारी लगायत सदस्यमा नगर उप-प्रमुख सुनैना देवी थरुनी, प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष बासु प्रसाद चौधरी, वडा नम्बर ६ का वडा अध्यक्ष पुरन देव चौधरी त्येस्तै वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरी, ने.क.पा. का प्रतिनिधि पृथ्वीराज सिवाकोटी, ने.का. प्रतिनिधि राम प्रसाद चौधरी, रा.ज.पा. का प्रतिनिधि हरिचन्द्र पनुहर, ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक बालिस्टर सिंह, सशस्त्र प्रहरी बेश क्याम्प कोल्हबीका प्रमुख सुक बहादुर रानाभाट र उद्योग बाणिज्य संघ कोल्हबीका अध्यक्ष महेश कुमार साहलाई सर्व सहमतिबाट मनोनीत गरिएको छ ।

दोस्रो बैठकमा आवश्यक सामग्री, जनशक्ति, कर्मचारी र सुरक्षाकर्मीहरुको लागि खाना नास्ता तथा आवश्यक्ता अनुसारको ब्यबस्थापन गर्न गराउन र क्वारेन्टाइन संचालन गर्नको लागि पाँच सदस्यीय समिति पनि गठन गरीएको छ ।

सो क्वारेन्टाइन ब्यबस्थापन समितिको संयोजकमा यसै नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्ष भेष बहादुर ढकाललाई जिम्मेवारी दिइएको छ भने सदस्यमा वडा नम्बर ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी, नगर कार्यपालिका सदस्य रामायोध्या साह, नगर जनस्वास्थ्य अधिकृत महम्म्द साबिर र रेडक्रस प्रतिनिधि इन्दिरा देवकोटा उप्रेतीलाई मनोनित गरियो हो । कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि विभिन्न संचार माध्यमबाट प्रचार प्रसार गराइ रहदा पनि गाउँ गाउँका जनताहरुलाई सचेत गराउन थप जनचेतना गराइदिनु हुन सम्पुर्ण जनप्रतिनिधिलाई नगर प्रमुखले आग्रह गर्नु भएको छ।