प्रधानमन्त्री ओली अस्पताल भर्ना/सामाजिक संजालमा टिप्पणी:रोगी प्रधानमन्त्रीले देश कसरी हाक्लान?

काठमाडौं:=  प्रधानमन्त्री केपी शर्मा ओलीलाई असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ। बिहीबार राती ११ बजे ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले सञ्चाररकर्मीलाई जानकारी गराए।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको स्रोतले बताएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । गत २१ फागुनमा प्रधानमन्त्री ओलीको शरीरमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

यतिबेला विश्वभरी नै कोरोना भाइरसले जनतालाई त्रसित बनाएको अवस्था छ्न । लाखौं मानिस संक्रमित रहेको छ ।हजारौंहजार मानीसको ज्यान गैइसकेको छ ।
यस्तो अवस्थामा नेपालको प्रधानमन्त्री ओली बारम्बार आफैैंरोगी र बिरामी भएको भैई हुने गरेपछी नेपाल देश र नेपाली जनताको सुरक्षा र सेवा कसरी गर्लान् ? भन्ने प्रश्न नेपाली जनताहरुले समाजिक संजालमा तिब्र रुपमा उठाईरहेका छ्न । कतिपयले त यतिबेला प्रधानमन्त्री ले आराम गर्नु पर्ने अवस्था आएको सल्लाह दिदै टिप्पणी गरिरहेका छ्न।