क्वालालम्पुर मलेसिया मलेसिया को जोहोरबारु को जलान आरुङ तामान जोहोर ओपि आइ प्लास्टिक कम्पनीमा कर्यरत दुई नेपाली सम्पर्क बिहिन भएका छ्न । 17 /3/2020 तारिख बिहान देखि अहिलेसम्म पनि परिवारको सम्पर्कमा न आउदा परिवार चिन्तित बनेको छ । बिगत 12 बर्ष देखी मलेसियामा काम गर्दै आएका असोक गुरुङ र इलामका बिनोद साप्कोटा खोजीगरिदिन NRNA मलेसिया क्षेत्रीय साखा जोहोर लाइ परिवारले खोजीको अपिल गरेको NRNA जोहोर सचीव अर्जुन सिंह अनुरागी ले जानकारी दिनुभयो ।
NRNA जोहोरले सम्पर्क बिहिन रहेका निजहरु कार्यरत रोजगारदाता कम्पनी संग कुरा गर्दा कम्पनीले पनि राम्रै प्रतिक्रिया दिएको मलेसिया सरकारले गरेको लक डाउनको कारण खोज्न केही कठिनाइ भएको जनाएको थियो । मलेसिया स्थिति नेपाली राजदुतावास लाई समेत NRNA मलेसिया क्षेत्रीय साखा जोहोर ले सुचित गराएको छ ।
मलेसिया सरकारले गरेको लक डाउन खोल्ने साथ आफुहरु दूतावासमा आएका गुनासा हरु लाई सम्बोधन गर्ने अहिले लाई अत्यावश्यक बाहेक का कत्तिपय काम यहीँका सरकारी काम काज समेत बन्द भएको अबस्थामा हामीलाई समेत अफ्ट्यारो महशुस भइरहेको र नेपाली राजदुतावास कसरी आम नेपालीहरुको सारथि बन्न सक्छ भन्ने बारे सोचाइको द्वितीय सचिव महेश त्रिपाठीले बताए।




















