कोरोनाको बिच चीनमा आयो नयाँ ‘हन्ता भाइरस’,एक जनाको मृत्यु।

ऐजेन्सी:= विश्वव्यापी रुपमा माहामारी जस्तै फैलिएर कोरोना भाइरसको प्रकोप कायमै रहँदा अन्य खतरनाक भाइरसहरू पनि देखिन थालेका छन्। भारतमा स्वाइन फ्लु र बर्ड फ्लु देखिएसँगै चीनमा एक पुरुषमा ‘हन्ता भाइरस’ पाइएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले युन्नान प्रान्तका एक मानिस सोमबार शानदोङ प्रान्तमा जाँदै गर्दा बसमा मरेको भनी ट्वीटमार्फत जानकारी दिएको छ। बसमा रहेका अन्य ३२ जनालाई पनि भाइरस भए नभएको परीक्षण गरिएको छ।

सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी)का अनुसार, हन्ता भाइरस मुख्यतया मुसाबाट सर्छ र मानिसहरूमा यसले विभिन्न खाले रोग लगाउँछ।