कोरोना भाइरसको कारण पहिलोपटक एक नेपालीको मृत्यु।

लन्डन:= काेराेना भाईसर (काेभिड-१९) काे कारण लन्डनमा एक नेपालीको मृत्यु भएकाे छ । लन्डनको साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षीय पूर्व गोर्खा सैनिक ( ex gurkhas army ) लीलाबहादुर राईको मृत्यु भईकाे हाे । नेपाली अनलाईन न्युज पोर्टल हिमाल टाईम्समा समाचार छापेको छ।

मंगलबार दिउँसो राईकाे स्वास्थ्यमा अचानक समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएकाे थियाे । अस्पताल भर्ना गरिएका राईलाई सांझ ८ बजेतिर अस्पतालको चिकित्सकले मृत घोषणा गरेकाे बताएको छ।

संखुवासभा खांदबारी नगरपालिका १० स्थायी घर भएका ६६ वर्षीय राईको मंगलबार लण्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
साथै उनकाे परिवारलाई पनि अाईसाेलेसनमा राखिएकाे छ । उनी आफ्ना श्रीमती र छोराबुहारीका साथ युकेमा बसोबास गरिरहेकाे बताएको छ।