तामाङ कलाकार संघ मलेसियाद्वारा एक बिरामी नेपाली श्रमिकलाई आरएम २,८२५ रिंगेट आर्थिक सहयोग प्रदान।

क्वालालम्पुर(मलेसिया):= नेपाल् तामाङ कलाकार संघ मलेसियाले एक घाईते बिरामी नेपाली श्रमिकलाई उपचारमा सहयोग स्वरुप आर्थिक सहयोग रकम प्रदान गरेको छ ।

नेपाल घर सिन्धुपाल्चोक हेलम्बु गा.पा.वडा नम्बर ७, घर भइ हाल रोजागारीको शिलशिलामा बिगत ३२ महिना देखि मलेसियाको क्वालालम्पुर बन्दर बारु बाङ्गी स्थित (Ryoka) नामक कम्पनीमा कार्यारत २२ वर्षिया विशाल स्याङतान तामाङ गएको महिना अर्थात १९ february २०२० को दिन बिहान ५:३०am बजे तिर बाथरुम जादै गर्दा लडेर खुट्टाको नसा काटिएर गम्भीर घाइते भएको थियो।

स्याङ्तानको खुट्टाको सफल शल्यक्रिया गरिएता पनि नेपाल फर्किनु पर्ने स्थिति आई परे पछि आर्थिक अवस्था एकदमै नाजुक रहेका कारण उनले तामाङ कलाकार संघका बरिस्ठ उपाध्यक्ष तेन्जिङ लो तामाङलाई सम्पर्क गरेर आर्थिक सहयोग निम्ति अपिल गरेका थिए । त्यसै अपिल पश्चात् तामाङ कलाकार संघले आर्थिक सहयोग संललनमा लागेको थियो । सहयोगी मनका आर्थिक दाताहरुसंगको सहयोग संकलन गर्ने क्रममा संघले मलेसियान रिंगेट आरएम २,८२५ , नेपाली रकम रु.७५ हजार भन्दा बढी रकम जम्मा गर्न सफल भएको छ।

संकलन भएको रकम नेपाल तामाङ कलाकार संघ मलेसियाका बरिस्ठ उपाध्यक्ष तेन्जिङ लो तामाङ,सदस्यहरु: पाल्सङ तितुङ तामाङ, सरिल तामाङ, सुबास तामाङ, बिलाप तामाङ,सबिन योन्जन तामाङ,देवन योन्जन लगायतको रोहबरमा संघकै वर्तमान अध्यक्ष फुर्बा दोर्जे मोक्तान तामाङको हात बाट आरएम.२८२५ (अठ्ठाईस सय पच्चीस रिंगेट) निज स्याङ्तानलाई मार्च १८ तारिख , २०२० , बुधबारको दिन बिरामी विशाल स्याङतान तामाङ लाई हस्तान्तरण गरिएको महासचिव अमिर लोप्चन तामाङले जानकारी दिनु भयो।

[ फोटोमा सहयोग गरेको मानिसहरुको नमावली रकम सहित ]